×

NMB BANK
NIC ASIA

झूटो विवरण पेश गरी धरानबाट नागरिकता बनाएर जापान जाने सुरसार

पुस २३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्याङ्जा घर भएकी १ महिलाले धरान उपमहानगरपालिका–९ को वासिन्दा बनेर झूटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ ।

Muktinath Bank

स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले विक्रम संवत् २०७५ माघ ८ गते धरान–९ बाट नागरिकता लिएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष रत्न कटवाललाई झुक्काएर ती सुजुवालले धरान–९ को वासिन्दा र मञ्जु आफ्नो छोरी भएको कागज बनाएर सिफारिस लिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

स्याङ्जा प्रहरीले ती महिलालाई पक्राउ गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो । वडा नम्बर ९ का वासिन्दा बनेर मञ्जुलाई नागरिकता दिलाएका सेजुवाल हाल जापानमा रहेका छन् । छोरी बनाएर जापान लान उनले मञ्जुको नागरिकता बनाएको खुलेको छ ।

Vianet communication
Laxmi Bank

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार झूटा विवरण पेश गरेर नागरिकता निकालिएको कारण ठूलो रकम खर्च गरेको हुनसक्ने बताए । ती महिला पक्राउ परेपछि स्याङ्जा प्रहरीले नागरिकता सिफारिस गर्ने धरान–९ का वडाध्यक्ष रत्न कटवाललाई पनि अनुसन्धानको दायरामा ल्याउन इलाका प्रहरी प्रहरी कार्यालयसँग समन्वय गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

यस विषयमा वडाध्यक्ष रत्न कटवाललाई सोधपुछ गर्ने तयारी गरिएको प्रनाउ बस्नेतले जानकारी दिए । ‘हामी उहाँसँग सम्पर्क गर्न खोजिरहेका छौं,’ प्रनाउ बस्नेतले भने, ‘अर्घाखाँचीको सेजुवालले सुनसरीबाट नागरिकता बनाइदिन्छु भनेर ल्याएछन् । यहाँ झुट्टा विवरण पेश गरेर नागरिकता बनाइएको पाइयो, थप कुरा अध्यक्षसँग सम्पर्क गरेपछि खुल्नेछ ।’

अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत धरान प्रहरीलाई जिम्मा दिएको छ । ती महिला ३४ वर्षकी भएको खुलेको तर विक्रम संवत् २०५५ सालको जन्मदर्ता गरेर २ वर्षअघि २० वर्ष उमेरको नागरिकता लिएको पाइएको छ । जापानमा रहेका सेजुवालसँग फेसबूकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

सेजुवल २ वर्षअघि जापानबाट नेपाल आएर धरान–९ को वासिन्दा भई मञ्जुलाई नागरिकता निकालिदिएको खुलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x