×

NMB BANK
NIC ASIA

घर भत्काउन बाटो खुलेपछि ३ वर्षपछि हुने भयो बुटवलको सडक विस्तार

पुस २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार गर्न बाटो खुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सडक क्षेत्राधिकारभित्र पर्ने घर र संरचनाहरू भत्काएर सडक निर्माण गर्ने बाटो सर्वोच्च अदालतले खुला गरिदिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३.९ किलोमिटर रहेको यो सडक विस्तारविरूद्ध नारायणीदेवी प्रधानलगायत २४ जना घरधनीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।


Advertisment
Nabil box
Kumari

अदालतले यसअघि दिएको आफ्नै आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि सडक विस्तारको बाटो खुलेको हो ।

Vianet communication
Laxmi Bank

सडक सीमा क्षेत्रमा पर्ने घरधनीहरूले अदालतमा मुद्दा दर्ता गरेपछि विगत तीन वर्षभन्दा बढी समयदेखि ठेकेदारले काम अगाडि बढाउन सकेका थिएनन् । 

अब भने सडक विस्तारका लागि घर भत्काउन बाटो खुलेको डिभिजन सडक प्रमुख इञ्जिनीयर जयलाल मरासिनीले बताए ।

रिट निवेदनमाथि न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले ‘जग्गाहरूमा निवेदकहरूले हाल साविक गराई नयाँ जग्गाधनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिँदा मिति २०७७ असार ९ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भनेको छ । 

उक्त मुद्दामा निवेदक घरधनीहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, कृष्णप्रसाद सापकोटा, हिरा रेग्मी तथा अधिवक्ताहरू गोकर्णसिंह थापा र तेजनाथ धमलाले बहस गरेका थिए ।

विपक्षी व्यापारिक मार्ग विस्तार बेलहिया–बुटवल सडक आयोजना कार्यालय मणिग्राम रुपन्देहीका तर्फबाट नायव महान्यायधिवक्ता डा. टेकबहादुर घिमिरे, उपन्यायधिवक्ता गंगाप्रसाद पौडेल र अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गरेका थिए । त्यस्तै, बुटवल उपमहानगरपालिकाका तर्फबाट खुमाकान्त पौडेल र लेखनाथ ढकालले बहस गरेका थिए ।  

२२ साउन २०७६ मा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले जिल्ला प्रशासन कार्यालयमार्फत कानूनी प्रक्रिया पुर्‍याएर मुआब्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भनी दिएको आदेशका कारण बुटवलको सडक खण्ड विस्तारका लागि घर भत्काउने काम रोकिएको थियो । यो सडकमा अहिले ३११ घर भत्काउनुपर्ने अवस्थामा रहे पनि केही घरधनीहरूले आफैँ भत्काएका छन् । 

अदालतको आदेशअनुसार निवेदकका कागजात अध्ययन गर्दा १ सय ५६ जना निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको सडक विस्तार आयोजनाले ठहर गरेको थियो । बाँकी ६ जनाको १५ दिनभित्रै कागजात माग गरिएको भएपनि प्रमाण पेश गरेका थिएनन् । 

मरासिनीले अब सडक विस्तारको काम छिट्टै अगाडि बढ्ने बताए । उनले भने, ‘धेरै घरधनीहरूले आफैँ घर भत्काएका छन् । भत्काउनु पर्नेहरूले पनि आफैँ शुरू गरेका छन् । अब सडक विस्तारले गति लिन्छ ।’

सडक विस्तारको काम बिरुवा कञ्चनजंघा जेभी कन्ट्रक्सनले लिएको छ । 

सडकको बजेट ४७ करोड रुपैयाँ छ । सडक विस्तार रोकिँदा बुटवल बजार क्षेत्र कुरुप बनेको थियो । यो सडक विस्तारको कार्यमा अवरोध नगर्न घरधनीहरूलाई यस क्षेत्रका सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गर्दै आएका थिए ।

बुटवल–बेलाहिया सडक र चौराहा गोलपार्क सडक विस्तारसँगै अगाडि बढेका थिए । बुटवल बेलहिया सडक विस्तार आयोजनाले अबको दुई वर्षसम्ममा बुटवलका सडक चिटिक्क हुने बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x