×

NMB BANK
NIC ASIA

जेसीबीको सहज फाइनान्सिङको लागि एमएडब्लु र मेगा बैंकबीच सम्झौता

पुस २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले मेगा बैंक लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउने भएका छन् ।


Advertisment
Nabil box
Kumari

‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसका कारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’

Vianet communication
Laxmi Bank

त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । 

‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशिल मुलुक हो । अहिले यहाँ पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’

‘हामीलाई विश्वास छ, देश विकासमा एमएडब्लु अर्थमुभर्सले साझेदारीको भूमिका निर्वाह गर्ने छ किनभने गुणस्तरीय पूर्वाधार विकासका लागि सोही अनुरुपको गुणस्तरीय मेसिनहरुको आवश्यकता पर्छ जुन जेसीबी उपलब्ध गराउँदै आएको छ,’ उनले अगाडि भने, ‘निर्माण तथा हेभि उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ । मलाई विश्वास छ मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x