×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै कोरोना संक्रमित र मृत्यु हुने जिल्लामा पर्छ रूपन्देही । कोभिड संक्रमणको शुरूआती अवस्थामा एम्बुलेन्स चालक हुन् वा शवबाहन अस्पतालबाट फोन आउँदा मोबाइल अफ गर्थे ।

Sagarmatha Cement
Muktinath Bank

कोरोना संक्रमित त परकै कुरा कोरोनाको आशंका गरिएका व्यक्तिलाई समेत अस्पताल लैजान एम्बुलेन्स चालकले नमान्ने अवस्था थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बुटवलका खिमबहादुर घर्ती भने शुरूदेखि नै बिरामी बोक्नुभन्दा फरक रूपमा प्रस्तुत भए । महामारीले संक्रमितको मृत्यु हुन थालेदेखि शव बोक्न थालेका घर्तीले हालसम्म पनि सोही कामलाई जारी राखेका छन् ।  


Advertisment
Nabil box
Kumari

६३ वर्षीय घर्तीले महामारीमा डर होइन, जोसजाँगरका साथ शव बोकेर राष्ट्रलाई अप्ठ्यारो परिस्थितिमा कर्तव्य निर्वाह गरे । महामारीमा वास्तविक इमान गुमाएका धेरै एम्बुलेन्स र शवबाहन चालकको भीडमा घर्ती भने अपवादमा परे । महामारीमा राज्यलाई दरिलो साथ दिएपछि उनी पछिल्लो समय बुटवलमा इमान्दार चालकको सूचीमा दरिएका छन् । उनलाई अहिले बुटवलमा धेरैले चिन्छन् । 

Vianet communication
Laxmi Bank

घर्तीले बुद्ध जागरण शव बाहनको लु२च ७४०३ नम्बरको शव बाहन चलाउँछन् । उनले हालसम्म १०० भन्दा बढी कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव आफ्नो गाडीमा एक्लै बोकेर शव व्यवस्थापनमा तल्लीन छन् । घर्तीले गत जेठमा बुटवलको धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएका मर्चवारका पुरुषको शव बोक्दादेखिको यात्रा अहिले पनि जारी छ ।

‘शुरूआती दिनमा त शव बोक्दा मनमा केही डर पनि लाग्यो । तर डाक्टर, नर्स र स्वास्थ्यकर्मीले संक्रमितसँग बसेर उपचार गरेका छन् भने मैले त ‘डेथ बडी’ बोक्न किन डराउने भनेर साहस बटुले । त्यसपछि संक्रमितको शव बोक्ने थालेको हुँ,’ उनले भने ।

घर्तीलाई पत्नी पार्वती र छोरी नितुले शवबाहन बोक्ने जागिर छोड्न निरन्तर दबाब दिइरहेका थिए । तर खिमले भन्ने गरेका छन्, ‘महामारीमा हामीले हात उठाउन हुँदैन । सुरक्षित भएर गाडी चलाउँछु । कोरोनासँग विश्वभरका सबै देश लडेका छन् । हामीले पनि लडेर संघर्ष गरेर जित्नुपर्छ ।’

घर्तीको कुरा सुनेर परिवारले जेनतेन चित्त बुझाएका छन् । उनी गाडीसँगै लुम्बिनी प्रादेशिक अस्पताल अगाडि बस्छन् । अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भए उनलाई फोन आउँछ । एम्बुलेन्स कुदाउँदै अस्पताल पुग्छन् । त्यहाँ अस्पतालका कर्मचारी र नेपाली सेना सहितको टीमले शवलाई शवबाहनमा राखिदिन्छन् । त्यसपछि खुमबहादुर एक्लै शव बोकेर बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट झण्डै २ किलोमिटर टाढा रहेको जंगलतर्फ गाडी कुदाउँछन् ।

जंगलमा ‘एक्जाभेटर’ले शव व्यवस्थापनको लागि खनेको गहिरो खाडल हुन्छ । त्यहीँ खाडल नजिकै उनले शव बोकेको शवबाहन पुर्‍याउँछन् । नेपाली सेनाको टोलीले शव बाहनबाट मृतकको शव निकाल्छन् । नजिकै सलामी दिन्छन् । शवलाई खाडलमा हालेर पुर्छन् । घर्ती पनि आफूले लगाएको पीपीई त्यहीँ फुकालेर फाल्छन् ।

उनी गाडी स्यानिटाइज गरेर फर्किन्छन् । बुटवलको कोभिड अस्पतालमा मृत्यु भएकाहरूको शव व्यवस्थापन गणेशनगरस्थित जंगलमा हुँदै आएको छ । 

कोरोनाबाट मृत्यु भएकाहरूको शव बोक्न थालेपछि उनी घर गएनन् । छिमेकीले समेत उनको परिवारलाई घरमा नबोलाउन भन्दै दबाब दिन्थे । त्यो बेला उनी शव बोकेपछि १० दिनसम्म शवबाहनमै सुते, घर गएनन् । ‘शुरूमा शव बोक्न थालेपछि कोरोना सर्छ कि भन्ने लाग्थ्यो । २ पटकसम्स पीसीआर जाँच गराएँ । पछिपछि बिस्तारै कोरोनासँग मानिसहरू पनि डराउन छाडे । कोरोनाको संक्रमण कम नभए पनि बजार खुल्दै गयो । मलाई पनि अहिलेसम्म संक्रमण भएको छैन,’ घर्तीले भने । 

संक्रमित बोक्दा शुरूमा घर नआउन आग्रह गर्ने छिमेकीले समेत अहिले उनलाई सम्मान गर्न थालेका छन् । ‘शुरूका दिनमा संक्रमित बोक्ने चालकसँग नागरिक डराए पनि अहिले सम्मान गर्न थालेका छन्,’ घर्ती खुशी हुँदै भने, ‘कोरोना जिउँदो व्यक्तिबाट सर्ने रोग रहेछ, मृत व्यक्तिबाट सर्ने रहेनछ भन्ने झण्डै ८ महिनादेखिको शव बोक्न थालेको अनुभवबाट सिकाएको छ ।’

महामारी शुरू हुनुअघि घर्तीले चलाउने गाडी एम्बुलेन्स थियो । उनले गाडी चलाउन थालेको ३८ वर्ष भइसक्यो । यति लामो ड्राइभिङ यात्रामा उनले हालसम्म छेपारो पनि छोएको याद छैन । शुरूको अवस्थामा उनले भारतको पञ्जाबमा गाडी चलाएका थिए ।

संक्रमितबाट मृत्यु भएका र संक्रमितलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका घर्तीले भने, ‘यो महामारी कहिलेसम्म जाने हो थाहा छैन । मेरो पनि बुढेसकाल लागेको छ तर जाँगर घटेको छैन । म हुँदासम्म मैले सक्दो गर्छु र कुनै संक्रमितको शव अस्पतालमा रहन दिन्नँ ।’ 

महामारीले जोखिम क्षेत्रमा काम गर्नेहरूलाई राज्यले जोखिमभत्ता दिने बताए पनि उनले हालसम्म १ रुपैयाँ पनि जोखिमभत्ता पाएका छैनन् । उनी भन्छन्, ‘सीडीओ सा’पलाई पनि पटक–पटक फोन गरें । उहाँले पनि ‘माथिबाट आएको छैन, सरकारी प्रक्रिया हो ढिलाइ भयो, एक पटक पाइन्छ’ भन्नुहुन्छ तर पाइने हो कि होइन ? थाहा छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x