×

NMB BANK
NIC ASIA

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो

पुस २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । 

Muktinath Bank

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उनलेजानकारी दिए । पुरीले भने, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३/७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । पुरी भन्छन्, “नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।” 


Advertisment
Nabil box
Kumari

अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउँछन् । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उनको तर्क छ । कँडेलले भने, “उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । ”

Vianet communication
Laxmi Bank

कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उनले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउँछन् । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उनको भनाइ छ । 

स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउँछन् । उनलेभने, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उनको कम्पनीले मात्रै वार्षिक रु एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ । नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उनलेसरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताए । 

दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । उनलेभने, “नेपालमा जमीन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।” यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उनले बताए । 

किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा रु ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउँछन् । सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहनुभएका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताउँछन् । उनले भने, “सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।”

नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । 

नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताउँछन् । 

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वकेन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताए । उनले भने “हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेसिएको छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।”

दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ ।  नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x