×

NMB BANK
NIC ASIA

ओली समूहको नेकपा पनि सडक कब्जाकै रणनीतिमा !

पुस २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्रीसमेत रहेका नेकपाका एउटा समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालतर्फ इंगित गर्दै केही दिनअघि बबरमहलस्थित एक पार्टी प्यालेसमा भनेका थिए, 'केही सिट जित्नुछ भने चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकको अलकत्रामा गएर नबस्नुस् ।'

Sagarmatha Cement
Muktinath Bank

ओली मात्र होइन, ओलीनिकट नेताहरूले पनि प्रचण्ड र नेपालको हैसियत सडकमै बस्ने खालको रहेको भन्दै कटाक्ष गर्न छाडेका छैनन् । तर पछिल्ला केही दिनहरूमा नेकपाको ओली समूहले पनि सडककै साथ सहयोग खोजिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशका निम्ति वैशाख १७ र २७ गते चुनाव गर्ने घोषणा गरिएपछि नेकपा राजनीतिक रूपमा दुई चीरा भएको थियो । निर्वाचन आयोगबाट अहिलेसम्म कुनै पनि समूहले आधिकारिकता प्राप्त गरिसकेको छैन तर दुई चीरा भएको नेकपालाई मूलतः ओली र प्रचण्ड-नेपाल समूह भनेर चिनिने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

संसद विघटन गैरसंवैधानिक भएको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूहले विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र अन्य दलहरूले पनि संसद भंग गर्ने ओलीको कदमको विरोध गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

शुक्रवार मात्र सर्वोच्च अदालतका ४ पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति निकाल्दै संसद विघटन असंवैधानिक रहेको जिकिर गरेका थिए ।

सरकारका विरुद्धमा दिनदिनै आन्दोलन र प्रदर्शनका कार्यक्रमहरू हुन थालेपछि प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई पनि सडकमै उत्रिन निर्देशन दिएका छन् । शनिवार मात्र ओली समूहले आधा दर्जन कार्यक्रमहरू आयोजना गरेको छ ।

कहाँ कस्ता कार्यक्रम छन् ?

शनिवार मात्र ओली समूहले आधा दर्जन जति कार्यक्रम गरिरहेको छ, ती मध्ये केही पार्टी प्यालेसहरूमा गरिएका छन् भने अधिकांश सडकमै गरिएका छन् । प्रदेश २ बाट युवाहरू झिकाएर ओली पक्षले काठमाडौँमा धोती जुलुशसमेत गरिरहेको छ । माइतीघर मण्डलाबाट निस्किने धोती जुलुश प्रज्ञा भवनमा ओलीको सम्बोधनसँगै सकिनेछ ।

त्यस्तै शनिवार नै राष्ट्रिय युवासंघका ओलीनिकट कार्यकर्ताहरूले भक्तपुरमा मोटरसाइकल र्याली गरिरहेका छन् । भक्तपुरको नेकपा पार्टी कार्यालयबाट शुरू भएको मोटरसाइकल र्याली काठमाडौँमा ल्याएर टुंग्याउने कार्यक्रम रहेको छ ।

गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई प्रमुख अतिथि बनाएर काठमाडौँ क्षेत्र नम्बर ३ का ओलीनिकट कार्यकर्ताहरूको क्षेत्रस्तरीय जोरपाटीमा भेला भइरहेको बादलनिकट स्रोतले दाबी गरेको छ भने आजै काठमाडौँको १५ नम्बर वडा कमिटीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख अतिथि बनाएर कार्यकर्ता भेला गरेको छ ।

राष्ट्रिय युवा संघको बागमती प्रदेश कमिटीका ओलीनिकट नेता कार्यकर्ताहरूलाई आज ओलीले प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने अपराह्न १२ बजे स्वयम्भूमा नागार्जुन नगर कमिटीले पनि अगुवा कार्यकर्ता भेला गरिरहेको छ ।

त्यस्तै अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेललाई प्रमुख अतिथि बनाएर ओलीनिकट नेकपाको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला भइरहेको पौडेलनिकट स्रोतले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x