×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता शुरू

पुस २५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेल मैदानमा ‘गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता २०७७’ शुरू भएको छ ।

Muktinath Bank

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा शनिवारदेखि आउँदो बुधवारसम्म ५ दिन खेल सञ्चालन हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गरिसकेका छौं ।’ खयरघारी खेल मैदान गाउँपालिकाको प्रमुख मैदान भएको हुँदा आर्थिक वर्ष २०७६/७७ मा १५ लाख रुपैयाँ विनियोजन गरी सुधारका काम गर्नुका साथै आउँदो आर्थिक वर्षमा पनि केही बजेट विनियोजन गरेर सुविधासम्पन्न मैदान बनाउने योजना रहेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

गाउँपालिकाका उपाध्यक्ष रञ्जना तिमिल्सिनाले गाउँपालिकाले आयोजना गरेका खेलमा सहभागी हुने खेलाडीको एक झुण्ड बनाई विभिन्न स्थानमा समेत खेलाउन लैजाने धारणा व्यक्त गरे । उनले भने, ‘खेलकूदको माध्यमबाट गाउँपालिकामा रहेका युवा क्लबका भाइबहिनीको क्षमता विकास गर्नेछौं ।’ 

गाउँपालिकाले खेलकूदका सामग्री समेत वितरण गर्ने गरेको उपाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

शनिवार भएको खेलकूद प्रतियोगिताको शुभारम्भ योङ ब्रदर्श फूटबल क्लब गिम्दी र छोग्रे युवा फुटबल क्लब प्युटारबीच हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्रसहित १ लाख रुपैयाँ, दोस्रोले ५० हजार रुपैयाँ, तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x