काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको पाँचौं महाधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् ।
महाधिवेशनले उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा वसन्त बित्यासी थापा, महा–सचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य र कोषाध्यक्षमा जीतबहादुर घले निर्वाचित भएको गायक प्रमोद खरेलले जानकारी दिए ।
त्यस्तै सदस्यमा लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादम्बिनी निर्वाचित भएका छन् ।
लोकान्तर संवाददाता