×

NMB BANK
NIC ASIA

शुक्रवार (२०७७ पुस २४) टोखा नगरपालिकामा भएको घटनामा तेस्रो पक्षको संलग्नता हुन सक्ने भन्दै प्रहरीले आफ्नो अनुसन्धानको सुई त्यसतर्फ घुमाएको छ।

Muktinath Bank

टोखा नगरपालिका– ३ ग्रान्डी भिल्ला हाउजिङमा शुक्रवार बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ भेटिएका सबुत प्रमाणले तेस्रो पक्ष हत्यामा संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो पारेर सुदीक्षासँग जोडिएका मानिसहरूको सम्पर्कको अनुसन्धान गरिरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । 


Advertisment
Nabil box
Kumari

परिवारले घटनाको मुचुल्का उठाउने समयमा आफूहरूलाई नबोलाएको तथा अगाडिको ढोका केही नभएको तर पछाडिको ढोकाको चुकुल निकालिएको जस्ता कुराबाट तेस्रो पक्षको हात हुनसक्ने दाबी गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘प्रहरीले हामीलाई किन बोलाएन ? हत्या भएपछि त्यहाँ भएका पहिचान खुल्ने कागजहरूले पनि हामीसँग सम्पर्क हुनसक्थ्यो तर पहिचान नभएर नबोलाएको गैरजिम्मेवार जवाफ दिइएको छ,’ मृतक केसीका दाजु हिमेश केसीले लोकान्तरसँग भने, ‘यी यावत कुराले गर्दा तेस्रो पक्ष पनि संलग्न भएको अनुमान सहजै लगाउन सकिन्छ ।’

मृतक सुदीक्षा केसीकी दिदी शर्मिला गिरीको उमेशको परिवारसँग सम्पर्क थियो ।

घटनाका बारेमा शर्मिलाले जानकारी दिइनन् तर परिवारले क्यानडामा रहेकी माइजुमार्फत शनिवार बिहान ३ बजे भाइबर कल आएपछि मात्र थाहा पाएको मृतकका दाजु हिमेश दाबी गर्छन् ।

तर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टले प्रारम्भिक अनुसन्धानमा हत्यापछि आत्महत्या भएको देखिएको र आज (आइतवार) पोस्टमार्टमपछि मात्रै थप कुरा आउने बताए । 

‘आज पोस्टमार्टम हुँदैछ, त्यसपछि थप केही कुरा आउला,’ प्रवक्ता विष्टले भने, ‘अहिले अनुसन्धानका क्रममा भएकाले केही भन्न मिल्दैन ।’

उमेशका कागजात भेटिएनन्

उमेशले अमेरिका जानका लागि तयार पारेका कागजातहरू प्रहरीले फेला नपारेको उमेशको परिवारले दाबी गरेको छ ।

उनीसँग नागरिकता, पासपोर्टलगायत अमेरिका जना चाहिने आवश्यक कागजात नभेटिनुले पनि हत्या भएको संकेत मिल्ने परिवारको दाबी छ । 

‘अमेरिका जानका लागि आवश्यक पर्ने कागजात थियो तर परिवारले घटना स्थलबाट ती कागजात भेट्टाएन । ती कागजपत्रहरू कहाँ गए ?’ हिमेशले प्रश्न गरे ।

ग्रीन कार्ड पाएपछि सुदीक्षालाई लिन आएका थिए उमेश

२०७२ साल वैशाख २८ गते ‘बिजनेस इन मास्टर्स’ पढ्न गएका उमेश यही कार्तिक ६ गते नेपाल आएका थिए । 

परिवारका अनुसार उनी नेपाल आउनुको एक कारण थियो– सुदीक्षालाई सँगै अमेरिका लैजाने योजना ।

बिजनेस इन मास्टर्स सकेर व्यापार गर्दै आएका उमेश आउँदो माघ १ गते श्रीमतीसहित अमेरिका जाने योजनामा थिए । 

गत असोजमा अमेरिकाको ग्रीन कार्ड पाएपछि परिवारकै सल्लाहमा श्रीमतीलाई लिन आएको बताएको परिवारले जनाएको छ ।

घर परिवारको मञ्जुरीविना ६ वर्षअगाडि उमेश र सुदीक्षाको विवाह भएको थियो । त्यससँगै सुदीक्षा माइतीको रेखदेखमा टोखा बस्दै आएकी थिइन् । 

उमेश आउनुअघि सुदीक्षा माइती टोखामा बस्ने भएकाले उमेशले सुदीक्षालाई उनीहरूको नजिकै आपर्टमेन्टमा राखेको पारिवारिक स्रोतले बतायो ।

तर उमेशका दाजुले भने परिवारसँग राम्रै सम्बन्ध भएको र उनीहरूको आफ्नो चाहनाअनुसार नै बसेको बताए । 

‘परिवारसँग राम्रो सम्बन्ध थियो । अरू आउनुहुन्थ्यो तर दिदी शर्मिलासँग मात्रै हाम्रो सम्पर्क थियो । भाइ अमेरिका जाने बेलामा बुवाआमा आउनुभएको थियो रे,’ मृतकका दाजु हिमेशले लोकान्तरसँग भने, ‘त्यसबाहेक अरू कुनै परिवारका सदस्यहरूसँग चिनजान छैन ।’

अमेरिकामा कफी शप र रेस्टुरेन्ट चलाउँथे उमेश 

दाजुका अनुसार उमेशले अमेरिकाको वाशिङ्टन डिसीमा कफी शप र रेस्टुरेन्ट चलाउँदै आएका थिए ।

आफ्नो पढाई पूरा गरेपछि उनले त्यहाँ व्यापार गरेर नेपालमा सुदीक्षाकी दिदी शर्मिलालाई २ करोड रुपैयाँ घर बनाउन सहयोग गरेको परिवारलाई बताएको दाजु हिमेशले बताए । 

‘उसले हामीलाई दिदीलाई घर बनाउन २ करोड जति सहयोग गरेको बताएको थियो,’ हिमेशले भने, ‘त्यसबाहेक सामाजिक सञ्जाल सगुनमा पनि ८/९ करोड नेपाली रुपैयाँ जति लगानी गरेको भन्थ्यो ।’

सामाजिक सञ्जाल सगुनका गोविन्द गिरी सुदीक्षाको नजिकको आफन्त भएको हिमेशले बताए । ‘अब गएर त्यो पैसा झिकेर अरू व्यापार गर्छु भन्थ्यो,’ दाजु हिमेशले लोकान्तरसँग भने, ‘तर दैवले देख्न सकेन ।’

शुक्रवार राति पौने ९ बजे प्रहरीलाई खबर आएपछि ५ मिनेटमा प्रहरी घटनास्थलमा गएको प्रहरीले दाबी गरेको छ । 

प्रहरीका अनुसार मृतक उमेशको टाउकोमा मसला पिस्ने लोहोरोले हानेको देखिएको छ । उनको शरीरमा चोटैचोट छ भने सुदीक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

माघ १ गते अमेरिका जनाका लागि तयारीमा रहेका उनीहरू उमेशका परिवारसँग शुक्रवार बानेश्वरको एक रेस्टुरामा बसेर भेटघाट गरी टोखा फर्किएका थिए । 

प्रहरी स्रोतका अनुसार उमेशको शव कुहिएर गन्हाएको अवस्था थियो भने सुदीक्षाको शव ताजा अवस्था थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x