×

NMB BANK
NIC ASIA

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ को ८औं साधारणसभा सम्पन्न

पुस २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Muktinath Bank

कोभिड–१९को कारण भर्चुअल रुपमा सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरूमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन समस्यालाई मध्यनजर गदै आफ्ना सदस्य संघ संस्थाहरुको तरलता अभावको समस्यालाई समाधान गर्ने उद्देश्यले तरलता व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ लागु गरेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साधारणसभामा अल्पकालिन र दीर्घकालिन कार्ययोजनाबारे जानकारी गराउँदै उनले सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र गरिबी निवारण सम्बन्धि सूचना प्रणाली, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय मुलुकमा भैरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने तयारी भैरहेको बताए ।  देशभर रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई सबल बनाउन संघले विभिन्न वर्षभरी विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

बहुउद्देश्यीय संघ मध्य यस संघमा ३ सय ३९ संघ संस्था आबद्ध रहेका छन् । संघको ४१ जिल्ला समेटेको साधारणसभामा जानकारी दिइयो । अध्यक्ष भण्डारीले संघले ४ वर्षे रणनीतिक योजना अन्तर्गत तय गरेका लक्ष कार्यान्वयन गर्न ५ वर्षे  व्यवसायिक योजना २०७७–२०८१ तयार गरेको जानकारी दिए ।

उनले भने,अब हामीले रणनीतिक योजना अनुसार संघ र संघसँग आबद्ध संस्थालाई योजनाबद्ध रुपमा अघि बढाउनेछौ । संघले अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना र तरलता व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ तयार गरेको जानकारी दिए ।  
 कार्यक्रममा  संघका संचालक समिति  उपाध्यक्ष नारायण भक्त श्रेष्ठले साधारण सभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । साधारणसभामा राष्ट्रिय सहकारी बिकास बोर्डको सञ्चालक समिति सदस्य पदमा मनोनयन हुनुभएका संघका अध्यक्ष भण्डारीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।  

भुमी व्यवस्था,सहकारी तथा गरिबी मन्त्रालयले अध्यक्ष भण्डारीलाई  तथा दुई वर्षे कार्यकालका मनोनयन गरेको थियो ।

 साधारणसभामा संघका सचिव माधवप्रसाद तिमल्सिना र सदस्य मनोजकुमार थापामगरले बोलेका थिए । कार्यक्रममा आब ०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेट,तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ ,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी आन्तरिक नीति तथा कार्यविधि, संघको ऋण र कर्जा लगानी तथा असुली सम्बन्धी विनियमावलीे संशोधित मस्यौदा पारित गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x