एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान शुरू गरेको छ ।
एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ ।
‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधै सँगै’अनुरुप सञ्चालन गरेको हो ।
यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ । कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।
कोभिड-१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यस अघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो जस अन्र्तगत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो ।
साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो ।
लोकान्तर संवाददाता