नेपाल जब फेयर २०२१ बिहीवारदेखि शुरू हुँदै

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा शुरू हुँदैछ ।

एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको जब फेयरको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।


Advertisement

तीन दिनसम्म सञ्चालन हुने जब फेयरमा रोजगारदाता र करियर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुने जब फेयरले जनाएको छ ।

अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला  र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लगाएतले आफ्नो मनतव्य दिनेछन्  ।


Advertisement

कार्यक्रममा सीएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, अशोक सिग्देल,  क्या. विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेल लगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा धारणा राख्नेछन् ।

कार्यक्रममा  एक सयभन्दा बढी रोजगारदाता सहभागी हुने  र  ३ हजारभन्दा बढीको रोजगारी सुनिश्चित हुने सञ्चालकको दावी छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्