अमेरिकाको फ्लोरिडामा रहेको एक नदीमा म्यानेटी अर्थात् समुद्री गाईको ढाडमा राष्ट्रपति डोनल्ड ट्रम्पको थर लेखिएको पाइएपछि मानिसहरू आक्रोशित भएका छन् । राज्य र संघीय वन्यजन्तु अधिकारीहरूले घटनाको अनुसन्धान थालेका छन् ।
संकटापन्न प्रजातिको उक्त जीवको शरीरमा जमेको काईमा ठूला अक्षरमा ट्रम्प लेखिएको थियो तर छाला नदर्फरिएको अधिकारीहरूले बताए ।
तर संरक्षित जीव भएकाले म्यानेटीलाई यसरी सताउँदा ५० हजार डलर बराबरको जरिवाना र एक वर्षसम्मको कारावास सजायको व्यवस्था छ ।
सिट्रस काउन्टीमा रहेको होमोसास्सा नदीमा आइतवार म्यानेटीको ढाडमा ट्रम्प लेखिएको पाइएको हो ।
म्यानेटीहरू सौम्य र सुस्त गतिमा हिँड्ने प्राणी हुन् । उनीहरू न्यानो पानीमा फल्ने झारपात खाएर बाँच्छन् ।
सन् २०२० मा ६२० वटा म्यानेटी मरेका थिए । तीमध्ये ९० वटाको मृत्यु डुंगामा ठोकिएर भएको थियो ।
Manatee found with 'Trump' etched on its back pic.twitter.com/T8J27XlfDl
— The Independent (@Independent) January 12, 2021
एजेन्सी