डोटीको शिखर नगरपालिका–८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधवार १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।
घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
घाइतेमध्ये २ जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा २ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
अटोमा ७ जना सवार रहेको र अन्य २ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
रासस