×

NMB BANK
NIC ASIA

सीआईएका नयाँ निर्देशक कूटनीतिमा गर्छन् विश्वास, रोकिएलान् ड्रोन आक्रमण ?

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले विलियम बर्न्सलाई गुप्तचर संस्था सीआईएको नयाँ निर्देशक बनाउने घोषणा गरेका छन् । 

Muktinath Bank

लामो समय कूटनीतिक क्षेत्रमा बिताएका बर्न्सलाई छानेर बाइडनले सीआईएको जोड अब अन्य मुलुकको सत्तापरिवर्तन गर्नमा भन्दा भत्केका सम्बन्ध सुधार्नमा लगाउने संकेत दिएका छन् । यसको आवश्यकता खट्किरहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्न्सले सन् २०१९ मा प्रकाशन गरेको संस्मरण ‘द ब्याक च्यानल : अ मेमोआर अफ अमेरिकन डिप्लोमेसी यान्ड द केस फर इट्स रिनुअल’ले उनको भूमिका कस्तो हुनेछ भनी थोरबहुत स्पष्ट पारेको छ । 


Advertisment
Nabil box
Kumari

खासमा सीआईए अमेरिकी परराष्ट्रनीतिकै एक अंग हो ।
 

Vianet communication
Laxmi Bank

सीआईएले आरम्भदेखि नै सामान्य कूटनीतिक च्यानलमार्फत हासिल गर्न नसकिने लक्ष्यप्राप्तिका लागि बृहत्तर अमेरिकी परराष्ट्रनीतिलाई सहज बनाउन विश्व मामिलालाई आफूअनुकूल बनाउने काम गर्ने गरेको छ ।

सन् १९५३ मा इरानका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेगलाई सत्ताच्युत गर्नका लागि षड्यन्त्र गर्ने कर्मिट रूजभेल्ट जुनियर अनि सन् १९५५ मा न्गो न्हि दिएमलाई दक्षिण भियतनाममा राष्ट्रपति बनाउन सहयोग गर्ने एडवर्ड लान्सडेलका अनुभवले सीआईएका गतिविधिको आधारशिला बनाएका थिए । अमेरिकी राष्ट्रपतिको आदेशमा सीआईएले संसारलाई आफ्नो व्यक्तिगत खेलमैदान बनाएको थियो । 
 

सीआईएले अन्य मुलुकका सार्वभौम मामिलामा गरेको हस्तक्षेपलाई आलोचना गर्नु सही हो । तर त्यसबाहेक पनि सीआईएको भूमिका छ । उसले अमेरिकाका नीतिनिर्माताहरूलाई अन्य देशका सरकारी तथा गैरसरकारी व्यक्ति तथा संस्थासँग सम्पर्क गराउने गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले गरेको कूटनीतिक गतिविधि जस्तै गरी उसले गतिविधि गर्ने गरेको छ तर यो सार्वजनिक गरिँदैन । 
 

सीआईएले अमेरिका र इरानबीच संवाद गराएर आणविक सम्झौताको पृष्ठभूमि तयार पारेको विषयलाई खासै उठाइँदैन । विलियम बर्न्सले त्यो र अन्य सम्झौता गराउन भूमिका निर्वाह गरेका थिए र उनलाई निर्णायक कूटनीतिक सम्पर्क गराउने सीआईएको शक्तिको राम्रो ज्ञान छ । 

राष्ट्रपति डोनल्ड ट्रम्पले चार वर्षको कार्यकालमा गैरकूटनीतिक काम गरेर ध्वस्त पारेको परराष्ट्र सम्बन्धलाई सुधार्ने दायित्व बाइडन प्रशासनको हो । यस्तो अवस्थामा अमेरिकाले संसारसँगको सम्बन्धमा ब्याकच्यानल उपयोग गर्नु जरूरी छ किनकि संसारले अमेरिकी नीति तथा प्रतिबद्धतामा व्यापक शंका गर्ने गरेको छ । 
 

बर्न्सलाई छानेर बाइडनले सीआईएलाई अर्धसैन्य कारवाही भन्दा पनि संसारमा गुम्दै गएको अमेरिकाको प्रतिष्ठा फर्काउने काममा सहयोगी भूमिका निर्वाह गर्न लगाउने संकेत दिएका छन् । 

तर यसको अर्थ सीआइएले गर्र्दै आएको गोप्य सैन्य कारवाहीहरू पूरै बन्द गर्नेछ भन्ने हैन । बर्न्सको नेतृत्वमा सीआईएले गोप्य कूटनीतिलाई प्राथमिकता दिनेछ भन्ने आशय हो । अमेरिका र विश्वका लागि यो अपरिहार्य छ । 
 

बाइडन प्रशासनले रुस, चीन, भेनेजुएला, इरान र उत्तर कोरियाका रूपमा अनेकौं जटिल परराष्ट्रनीतिलाई व्यवस्थापन गर्नुपर्नेछ । यस्तो परिस्थितिमा बर्न्सले ड्रोन आक्रमण गर्नेभन्दा पनि वार्ता गर्नेमा सीआईएलाई जोड दिनका लागि निर्देशन गर्ने अपेक्षा छ । त्यसलाई स्वागतयोग्य मान्नुपर्छ । 
 

आरटीमा प्रकाशित स्कट रिट्टरको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x