सिप्रदीबाट गाडी किन्दा हिमालयन बैंकका ग्राहकलाई विशेष छूट

सिप्रदी ट्रेडिङ प्रा.लि.का ग्राहकहरूलाई टाटा मोटर्सका कमर्सियल र प्यासेन्जर गाडीको खरिदमा हिमालयन बैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदी ट्रेडिङ प्रा.लि. कमर्सियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाहले हस्ताक्षर गरे ।


Advertisement

सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरि रहेका शाखा कार्यालयहरूमार्फत सिप्रदी ट्रेडिङ प्रा.लि.का देशभर रहेका शोरूम तथा आधिकारिक डिलरहरूबाट टाटा मोटर्सका नयाँ कमर्सियल र प्यासेन्जर गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूलाई कमर्सियल गाडी खरिदमा ७० प्रतिशतसम्म भने प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म, अति न्युनतम ब्याजदरमा कर्जा प्रदान गरी सहज र सरल रूपमा सेवा प्रदान गर्नेछ । 

हालै मात्र टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा प्रस्तुत गरेको थियो । 


Advertisement

यस सँगसँगै सहज र सरल कर्जासम्बन्धी यस्तो किसिमको सहकार्यले टाटाको नयाँ कमर्सियल र प्यासेञ्जर गाडीका ग्राहकका लागि धेरै नै लाभदायी हुने विश्वास दुवै पक्षले लिएको छ ।

कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका प्रमुख शावन्तजंग सिजापति र हिमालयन बैंकका सहायक अधिकृत कमल सिग्देललगायत सिप्रदी र बैंकका अन्य कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्