×

NMB BANK
NIC ASIA

माधव नेपाल एक नम्बर अध्यक्ष हुनुहुन्छ, म माधवसँग मिलेँ– प्रचण्ड

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको पहिलो अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।

Muktinath Bank

माधव नेपालकै प्रमुख आतिथ्यमा प्रज्ञा भवनमा आयोजित प्रचण्ड-नेपाल समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाल प्रचण्डसँग लागे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचारको खण्डन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'केपी ओलीले माधव नेपाल प्रचण्डसँग गयो, सिध्दियो भन्नुहुन्छ,' प्रचण्डले भने, 'आज एक नम्बर अध्यक्ष माधव नेपाल हुनुहुन्छ । म माधवभित्र गएँ, म माधवसँग मिलें ।'


Advertisment
Nabil box
Kumari

त्यसअघि पनि उनले माधव नेपालकै प्रमुख आतिथ्यमा कार्यक्रम होस् भनेर आफूले नै चाहेको दाबी गरे । 'मिल्नेको कुरै बेग्लै हुन्छ,' प्रचण्डले‍ भने ।

Vianet communication
Laxmi Bank

साथै प्रचण्डले अहिले आएर माधव नेपालप्रतिको आफ्नो सम्मान अझै बढेको बताए ।

पूर्व एमाले एक हुनुपर्छ भनेर ‌ओलीले देखाएका अनेक प्रलोभनको वास्ता नगरी विधि र पद्दतिको पक्षमा माधव नेपाल सतिसाल जस्तै उभिएको प्रचण्डको टिप्पणी थियो ।

साथै प्रचण्डले जबज छाड्ने पहिलो व्यक्ति केपी ओली भएको बताए ।

पार्टी एकताका क्रममा जबज छाडेर समाजवादउन्मुख जनताको जनवादमा साइन गर्ने पहिलो व्यक्ति नै ओली भएको प्रचण्डको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x