×

NMB BANK
NIC ASIA

मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन् विश्वकै धनी मस्क

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वकै सबैभन्दा धनी एलन मस्क  त्यतिबेलासम्म उनी खुसी हुनेछैनन्, जबसम्म मानिसलाई मंगलग्रहसम्म पु¥याउन सक्नेछैनन् । उनले २०१६ मा यस्तो बताएका थिए, ‘हामीले त्यतिबेलासम्म खुसी मनाउन हुँदैन । जबसम्म हामी मंगलमा आफ्नो बस्ती बसाउन सक्दैछौं ।’
एक वर्षअघि अर्थात् जनवरी २०२० मा ब्लुमबर्गले तयार गरेको विश्वका धनाढ्यहरुको सुचीमा मस्क ३५ आंै नम्बरमा थिए । तर १० महिनामा उनले बिल गेट्सलाई पछि पारे, अहिले जेफ बेजोसलाई उछिनेर पहिलो नम्बरमा छन् ।

Muktinath Bank

ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मुल्यमा ४ दशमलव ८ प्रतिशतले वृद्धी भयो र मस्कको कुल सम्पत्ती १८८ दशमलव ५ अर्ब डलर पुग्यो । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ती १८७ अर्ब डलर छ ।
एलन मस्कको जन्म २८ जून १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो । उनकी आमा माये मस्क क्यानेडियन मोडल हुन् । दक्षिण अफ्रिकी मुलका बाबु एरोल मस्क इलेक्ट्रो मेकानिकल इन्जिनियर हुन् । एलन जब ९ वर्षका थिए, तब उनका बाबु–आमाको डिभोर्स भयो । १० वर्षको उमेरमा उनले कम्प्युटर कोडिङ कोर्स सिके । त्यसपछि उनले ‘ब्लास्टर’ नामको भिडियो गेम बनाए । उनले यस गेमलाई १२ वर्षको उमेरमा ५ सय डलरमा बेचेका थिए ।
एलनसँग दुुईवटा डिग्री छन् । उनले इकोनोमिक्समा एउटा र फिजिक्समा अर्को डिग्री हासिल गरेका छन् । १९९५ मा उनी पिएचडीका लागि अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भए । तर, दुुई दिनभित्रै छाडिदिए किनकी उनी आफ्नै नयाँ व्यवसाय सुरु गर्न चाहन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपयलाई एलन मास्कले नै टेस्ला कम्पनी स्थापना गरेका थिए भन्ने पनि लाग्ला । तर यो साँचो होइन । टेस्ला मोटर कम्पनीको सुरुवात २००३ मा मार्टिक एबरहार्ड र मार्क टारप्यानिङले गरेका थिए । फेब्रुअरी २००४ मा एलन मास्कले यसमा ७५ लाख डलर लगानी गरे । यस लगानीसँगै उनी टेस्लाको अध्यक्ष पनि बने ।
अक्टूबर २००८ मा उनी टेस्लाको सिईओ बने । यतिबेलासम्म कम्पनीमा उनले ७ करोड डलर लगानी गरिसकेका थिए । जून २०१० मा टेस्लाले आईपिओ लन्च ग¥यो । यससँगै कम्पनीको शेयर १ हजार २ सय २९ प्रतिशत बढ्यो ।
तर, एक समय यस्तो पनि आएको थियो, जतिबेला टेस्लाले ऋण लिनुप¥यो । २००९ मा टेस्लाले अमेरिका सरकारसँग ४६ दशमलव ५ करोड डलर ऋण लियो । यो ऋण उसले २०१३ मा चुक्ता ग¥यो ।
एलन मास्क स्पेसएक्सका पनि सिईओ हुन् । स्पेसएक्स प्राइभेट कम्पनी हो र सुचिकृत छैन, त्यसैकारण यसको वास्तविक तथ्याङ्क बाहिर आउँदैन । जुलाई २०२० मा मोर्गन स्टेनलीको अनुसन्धानले स्पेसएक्सको मार्केट भ्यालु २ सय अर्ब डलरसम्म हुनसक्ने आँकलन गरेको थियो ।  
सिएनबीसीको रिपोर्टअनुसार स्पेसएक्समा मस्कको १५ दशमलव ३ अर्ब शेयर छ । यसबाहेक उनी बोरिङ कम्पनीका पनि पसंस्थापक हुन् । मस्कले यो कम्पनीको सुरुवात २०१८ मा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x