२६ जेठ २०८३, मंगलबार

दूध यसरी पिउनु स्वास्थका लागि फाइदाजनक छैन, आयुर्वेदले यसो भन्छ

कात्तिक ११, २०७८
दूध यसरी पिउनु स्वास्थका लागि फाइदाजनक छैन, आयुर्वेदले यसो भन्छ

दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी१, बी १२, बिटमिन डी, पोटासियम र म्याग्नेशियम हुन भएकाले यो निकै पोषक मानिन्छ ।
आयुर्वेदका अनुसार दूधलाई मिल्कशेकका रुपमा पिउनु स्वास्थका लागि फाइदाजनक छैन । डाक्टर वसन्त लादद्धारा लेखिएको पुस्तक ‘द कम्प्लिट बुक अफ आयुर्वेदिक होम रेमेडिज’ का अनुसार दूधमा कुनै फल, केरा, आप आदी मिलाएर प्रयोग गर्नु राम्रो हुँदैन ।
दूधमा केरा मिसाएर सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन थाल्छ र यसका कारण चिसो, एजर्ली तथा छाला सम्बन्धी समस्या देखिनसक्छ ।
आयुर्वेदका अनुसार दूध पिउने एक विशेष समय हुन्छ । कहिले पिउने र कहिले नपिउने भन्ने विषयले यसबाट कसरी ज्यादा लाभ लिन सकिन्छ भन्ने निर्धारण गर्छ । दूधलाई बिहान वा राती सुत्नभन्दा अघि पिउनुस् । यदी शरीर बनाउन चाहनुहुन्छ भने यसलाई बिहान पिउनुस्, अन्यथा राती सुत्नुअघि पिउनुस् । यसको अधिक लाभ लिनका लागि तपाईले अस्वगन्धा र त्रिफला मिसाएर पिउनसक्नुहुन्छ, जसले तपाई राम्रो निन्द्रा दिन्छ र तपाईको आँखाका लागि पनि ठिक हुन्छ ।

दूधमा सेडेटिभ गुण पनि हुन्छ, जसकारण राती यसलाई पिउँदा यसमा मौजूद सेरोटोनिनले तपाईलाई शान्ति प्रदान गर्छ र राम्रो निन्द्रा दिन्छ ।
दूध पचाउन समस्या छ भने बिहान पिउनुस्, परम्परागत मान्यताअनुसार बिहान दिन पिउदा सहजसँग पच्छ । यद्यपी, आजको समयमा एक्सरसाइज गरेपछि कसैले बिहान शुद्ध दुधमात्रै पिउँछ भने उसलाई एसिडिटी हुनसक्छ । त्यसैले दूधलाई चिया पा पराठा वा नमकिनसँग प्रयोग गर्नु राम्रो हुन्छ ।

यदी तपाईलाई मसल्स बनाउनुछ भने रात मा दूध पिउनुस्, धेरैजसो न्युट्रसियन्सहरुका अनुसार रातमा सुत्दाको समय केही पनि खाँदा वा पिउँदा तपाईलाई एक उर्जा मिल्छ, जब तपाईको शरीर पुरै तरिकाले रिल्याक्स भइरहेको हुन्छ । यद्यपी, आयुर्वेदका अनुसार दूधमा भएको राम्रो पाचक र सेडेटिव गुणका कारण यसलाई राती प्रयोग गर्दा राम्रो हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्