लक्ष्मी बैंकले २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

लक्ष्मी बैंक लिमिटेडको बिसौं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु १० अर्ब ६९ करोड पुगेको छ ।


Advertisement

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । 

आ.व. २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र रु ८९.८९ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु १२८ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।


Advertisement

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्