नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटवार्ता

बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमती भएको छ । 


Advertisement

भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे । 


Advertisement

भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए । उक्त भेटघाट भन्सार विभागको कार्यालय, त्रिपुरेश्वरमा भएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्