प्रतिनिधिसभा विघटन विरुद्धको विचाराधीन मुद्दा छिटो फैसलाका लागि सहजीकरण गरिदिनु पर्छ : शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटन सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले छिटोभन्दा छिटो फैसला हुनुपर्ने बताएका छन् । 

बिहीवार ट्वीटरमा एक स्टाटस लेख्दै डा. कोइरालाले विद्वान कानून व्यवसायीहरूले यसका लागि सहजीकरण गर्नुपर्ने बताएका हुन् । 


Advertisement

उनले लेखेका छन्, समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको "संसद विघटन सम्बन्धि मुद्दा" मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यवसायीहरुले छिटो फैसला गराउने तर्फ सहजीकरण गर्नुपर्छ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्