जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
इन्डोनेसियाको एक गुफाको भित्तामा ४५ हजार ५०० वर्षअघि बनाइएको बँदेलको चित्र फेला परेको छ । यो संसारकै सबभन्दा पुरानो चित्रकला भएको एक अध्ययनले दाबी गरेको छ ।
इन्डोनेसिया र अस्ट्रेलियाका अनुसन्धाताहरूले सुलावेसी टापुको दक्षिणमा रहेको लियाङ तेदोङगे गुफाको पछिल्तिरको भित्तोमा बँदेलको चित्र फेला पारेका हुन् ।
आधुनिक मानवको उपस्थितिको सबभन्दा पुरानो प्रमाण यसै तस्वीरले दिएको अनुसन्धान टोलीको भनाइ छ ।
अर्को एक सुँगुरको चित्र पनि नजिकैको गुफामा फेला परेको छ तर त्यो अघिल्लोभन्दा १३ हजार ५०० वर्षपछिको हो ।
अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित ग्रिफिथ विश्वविद्यालयका पुरातत्त्ववेत्ता एडम ब्रुमले बताए, ‘रातो माटोबाट यो चित्र बनाइएको हो । सुँगुरले अरू सुँगुरको लडाइँ हेरिरहेको वा अरू दुई सुँगुरसँग अन्तर्क्रिया गरिरहेको देखिन्छ ।’
यत्तिको स्पष्ट चित्र प्राचीन गुफा चित्रकलामा भेटिँदैन भनी अनुसन्धाताहरूले बताए ।
यही टोलीले पोहोर साल पत्थरमा बनेको ४३ हजार ९०० वर्षअगाडिको चित्र पजि फेला पारेको थियो ।
उक्त चित्र त्यही क्षेत्रको अर्को चुनढुंगा गुफामा फेला परेको थियो । त्यसमा मानिस र पशुको मिश्रण भएका जीवले सुँगुरको शिकार गरेको देखिन्थ्यो ।
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...