फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
पोखराका चन्द्रकान्त बरालको परिचय सफल व्यवसायी भन्दा समाजसेवीका रूपमा स्थापित छ ।
समाजसेवा गर्न पाउँदा सन्तुष्ट भएको महशुस गर्छन्, उनी । बराल फिड इन्डस्ट्रिजका सञ्चालक उनी गरिमा विकास बैंकका अध्यक्ष पनि हुन् ।
पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा हुर्केका उनले व्यवसायबाट प्रशस्त आम्दानी गरेका छन् ।
७ जना दाजुभाइलाई बाँडेर खाने २ सय रोपनी जग्गामध्ये उनले आफ्नो भागमा परेको जग्गा बैंकमा धितोमा राखेर डेढ लाख रुपैयाँ ऋण काढे, अनि थाले बंगुरपालन ।
शुरू–शुरूमा त बाहुनको छोरोले बंगुर पाल्यो भनी कुरा काट्ने पनि भेटिए । तर उनले त्यसको वास्ता गरेनन् । निरन्तर परिश्रममा केन्द्रित रहे । पछि कुखुरापालन र मासु बेच्न थाले । समयक्रमले छिट्टै करोडपति बनायो ।
यो सामग्रीमा हामी उनको व्यावसायिक सफलताको कथाको पाटो छोडेर उनकै परिकल्पनामा बन्न लागेको अद्वितीय नमूनामा केन्द्रित हुनेछौं ।
आजभन्दा ८/१० वर्षअघिको कुरा हो । चन्द्रकान्तको थातथलो पुम्दीभुम्दीको पुम्दीकोटमा महादेवभूमि मेला लागेको थियो । उनी हरेक वर्षझैँ त्यस वर्ष पनि मेला भर्न गए । अन्यले झैं महादेवको दर्शन गरे ।
पोखराको चुली पुम्दीकोट आफैँमा सुन्दर स्थल । यहाँबाट पोखरालाई तल पारेर पोखरा बजार, फेवाताल, उत्तरमा हिमश्रृङ्खलाको रसस्वादन गर्न पाइन्छ । उनले आफ्नै गाउँ–ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ भनी योजना बनाए । देशविदेश घुमेका व्यवसायी बराललाई धेरथोर जानकारी थियो । विकसित देशमा सिको गरे । अनि संकल्प गरे, ‘नेपालमै अग्लो विशाल महादेवको मूर्ती किन नबनाउने ?
लोकान्तरसँग उनले भने, ‘पहिलो त १०८ फिट अग्लो मूर्ती बनाउने योजना हो । तर हवाइ उड्डयन प्राधिकरणको सुझाव आधारमा बनाउन मिलेन । तैपनि ५१ फिट अग्लो मूर्ती निर्माण अन्तिम चरणमा छ । यसबाट पोखरामा धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने देखेको छु ।’
मूर्ती जडान प्रक्रिया हालैमात्र पूरा भए पनि औपचारिक रूपमा सर्वसाधारणका लागि खोलिएको छैन । अहिले ८० प्रतिशत कार्य पूरा भएको छ । पूरै निर्माण हुन अझै ५/६ महिना लाग्न सक्ने उनको अनुमान छ ।
मूर्ती निर्माणमा लाग्ने ठूलो रकम आफैँले धान्न नसक्ने भएपछि स्थानीयको समन्वयमा महायज्ञ गरी आर्थिक संकलन गरिएको थियो ।
पोखरा महानगरपालिका वडा २२, पुम्दीकोटमा अहिले अष्ठधातुजडित फाइबर ग्लासबाट बनेको मूर्तीमात्र बन्ने छैन पुम्दीकोटको समग्र विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना बुनिएको छ । गुरुयोजनाअन्तर्गत १०८ स्वर्गद्वारी सिँढी, रूंगाटा बैकुण्ठ हल, गुरू महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माण समेटिएको पुम्दीकोट विशाल महादेव मूर्ती निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
उनका अनुसार गुरुयोजनाको हालसम्म ४० देखि ४५ प्रतिशत कार्य सम्पन्न भएको छ । हालसम्म करीब १५ करोड रुपैयाँ खर्च भइसकेको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिलान्यास भएको साढे २ वर्ष बितिसकेको छ । गुरुयोजनाअन्तर्गत सम्पूर्ण संरचना निर्माण पूरा हुन अझै २ वर्ष लाग्ने देखिन्छ । कुल २२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० वर्षका लागि नेपाल सरकारसँग भाडामा लिएको हो । पुम्दीकोट समुद्री सतहबाट १५०० मिटर उचाइमा छ ।
कोरोना महामारीका कारण लागत बढेर ४५ करोड रुपैयाँसम्म पुग्ने बरालले बताए । समितिले आर्थिक संकलनका लागि २०७३ फागुनमा महादेव पुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरेको थियो । महायज्ञमा ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो ।
महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठ्न बाँकी छ । यो वृहत् योजना सफल बनाउन संघीय सरकारले साढे ४ करोड, पोखरा महानगरपालिकाले डेढ करोड, गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग भएको छ ।
यो योजनामा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा वेलफेयर सोसाइटीका मुरलीधर रुंगटाका छोरा प्रदीपकुमार रुंगटाले १ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । त्यस्तै १ करोडभन्दा बढी दान गर्नेमा समिति अध्यक्ष चन्द्रकान्त बराल आफैँ पनि छन् ।
मूर्ती दान गर्ने काठमाडौं निवासी कमल जैन हुन् । उनको मात्रै ३ करोड रुपैयाँभन्दा बढी सहयोग छ ।
‘विगत पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि जाने र शिवको दर्शन गरी फर्किन्थें,’ बरालले भने, ‘पितापुर्खादेखि चलिआएको चलन धार्मिक आस्थालाई जीवन्त रूप दिन विशाल महादेवको मूर्ती निर्माण गर्ने परिकल्पना आयो । त्यही परिकल्पना सबैको सहयोगले साकार रूप लिँदा हर्षविभोर छु ।’
सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्ती भारतबाट १२ वटा गाडीमार्फत ल्याइएको हो । अचेल यस स्थलमा पुगेर सेल्फी खिच्नेहरू प्रशस्त भेटिन्छन् ।
‘धार्मिक, पर्यटन तथा सांस्कृतिक प्रवद्र्धनका लागि यो योजना बुनिएको हो । विभिन्न संघसंस्था, व्यक्तिहरूको सहयोग प्राप्त भएको छ । शुरूआतदेखि ३ वर्ष बढी समय त मेरो यसैमा गइसकेको छ,’ अध्यक्ष बरालले भने, ‘यो बनिसकेपछि पोखरा घुम्न आउनेहरूको संख्या थप हुने विश्वास छ ।’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...