सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ ।
कम्पनीका भाईस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन् ।
करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।
सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्याउदै आइरहेको छ ।
सामसङ्ग डिजिटल प्लाजामा किउएलईडी टिभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।
यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।
्
लोकान्तर संवाददाता