तयार हुनुस्, भोलिदेखि खुला हुँदैछ हात खाली नहुने इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा ठूलो आईपीओ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो साधारण शेयर निष्काशन गर्दैछ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता निष्कासन गर्न लागेको हो । 


Advertisement

बैंकले कूल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरूका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । 

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । 


Advertisement

हाल संस्थापकहरूबाट १२ अर्ब चुक्ता भएकोमा जारी पूँजीकै ४० प्रतिशत बराबरको साधारण शेयर निष्काशन गरी बाँडफाँड पछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्वाधार विकास सम्बन्धी व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूँजी व्यवस्था गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ ।

बैंकले आईपीओबाट प्राप्त रकम चालु आवमा ४ अर्ब ३२ करोड रुपैयाँ स्वीकृत पुर्वाधार परियोजनाहरुमा कर्जा तथा सापटमा र ३ अर्ब ६८ करोड रुपैयाँ उच्च लगानी प्रतिफल दिने बजारका लगानी उपकरणहरुमा उपयोग गर्ने कार्ययोजना बनाएको छ । आगामी आवबाट बैंकले आफ्नो लगानी विस्तार गर्दै पूँजीको प्रतिफल बढाउँदै लैजाने जनाएको छ ।

यसैगरी बैंकको प्रबन्धपत्र तथा विनियमावलीमा उल्लेखित उदेश्य अनुरुपको कार्य गर्नका लागि आवश्यक पूँजी संकलन गर्ने तथा बैंकको प्रबन्धपत्रमा उल्लेखित जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी कम्पनी सञ्चालनमा सर्वसाधारणको प्रतिनिधित्व गराउन आईपीओ जारी गर्न लागेको हो ।

लगानीकर्ताले बैंकले जारी गर्ने आईपीओमा लगानीकर्ताले आफ्नै बैंक खाता रहेको नेपाल धितोपत्र बोर्डबाट सि(आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु, मेरो शेयरको वेवसाइट तथा मेरो शेयरको मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकको माघ २ गते शुक्रबारदेखि ६ गते मंगलबारसम्म आईपीओमा आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वच्छिक रुपमा र ५ लाखभन्दा बढीको आवेदन दिने लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । 

अहिले नै आवेदकले यति नै शेयर पाउँछन् भन्न नसकिएपनि यो बैंकको आईपीओ भर्ने सबै आवेदकले हात खाली नहुने पूँजीबजार विज्ञहरूले बताउँदै आएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्