२६ जेठ २०८३, मंगलबार

खोपको ९५ प्रतिशत मात्रा यी १० मुलुकमा सीमित

माघ १, २०७७
खोपको ९५ प्रतिशत मात्रा यी १० मुलुकमा सीमित

विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ ।

डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा भने, “सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।”

‘आवर वल्र्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एशियाली मुलुकसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वल्र्ड इन डाटा’ले जानकारी गराएको छ ।  

खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्