×

NMB BANK
NIC ASIA

एकै दिन उठ्यो चौँतीस अर्ब राजस्व

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले एकै दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र ३३ अर्ब ७१ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Muktinath Bank


कार्यालयका अनुसार यससँगै चालू आवको छ महिनाभित्र सरकारले चार खर्ब २२ अर्ब २३ करोड रुपियाँ राजस्व उठाएको छ । पुस २८ सम्म सरकारको राजस्व सङ्कलन कुल तीन खर्ब ८८ अर्ब ५१ करोड रुपियाँ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार मात्रै २० अर्ब ४४ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । त्यस्तै गैरकर शीर्षकतर्फ १३ अर्ब २७ करोड रुपियाँ राजस्व उठेको छ । यससँगै पुससम्म कर राजस्व तीन खर्ब ८६ अर्ब रुपियाँ सङ्कलन भएको छ भने ३५ अर्ब ७० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सरकारले चालू आवमा १० खर्ब ११ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा नौ खर्ब १२ अर्ब कर राजस्व सङ्कलनको लक्ष्य तोकेको छ । पुससम्म सङ्कलित कर राजस्व लक्ष्यको ४२.३४ प्रतिशत हो ।

Vianet communication
Laxmi Bank

त्यस्तै ९८ अर्ब ८० करोड रुपियाँ गैरकर राजस्व सङ्कलनको लक्ष्य राखिएकामा पुससम्म ३६.१३ प्रतिशत सङ्कलन भएको हो । राजस्वसहित अनुदान र अन्य किसिमका प्राप्तिसमेत गरेर सरकारले पुस मसान्तसम्म चार खर्ब ५५ अर्ब रुपियाँ प्राप्त गरेको छ । कार्यालयका अनुसार पुससम्म सरकारले पाँच अर्ब ३० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ ।

राजस्व उठतीको हिसाबले महŒवपूर्ण मानिने पुस मसान्तसम्म आन्तरिक राजस्व विभागले ४० प्रतिशत अग्रिम कर बुझाउन सूचनासमेत जारी गरेको थियो । अग्रिम कर नबुझाएको हकमा कानुनअनुसार जरिवाना गरिने सन्देशसहितको उक्त सूचनापछि निजी क्षेत्रका छाता सङ्गठनले समयसीमा बढाइदिनसमेत आग्रह गरेका थिए ।गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x