×

NMB BANK
NIC ASIA

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

Muktinath Bank

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए । “धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उनले भने ,  “रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि  धेरै कुरा उठेका छन्, रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो फुकाउने कोसिस गर्नेछु ।” 


Advertisment
Nabil box
Kumari

उनले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।” उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए । छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समयभित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे ।
 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा शतप्रतिशत घाटा व्यहोरिरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको बताए । “पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुट्याएको रु ५० अर्बको व्यवसाय सञ्चालन कोष पनि व्यवसायीले पाउन सकेका छैनन्, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन्, अर्बौँको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन”, उनले भने । उनले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिँदा र राज्यको उदासीनताले यस क्षेत्रको लगानी जोखिममा रहेको बताए ।  भट्टराईले राज्यले पर्यटनमैत्री नीति अवलम्बन गरेर बाह्य पर्यटकलाई सहज र सरलरूपमा घुम्ने वातावरण बनाउन पनि आग्रह गरे ।

Vianet communication
Laxmi Bank

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले सरकारले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्न नसक्दा यस क्षेत्रको भविष्य झनै अन्योलमा भएको उल्लेख गरे । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले विदेशी पर्यटकसँग लिने प्रवेश शुल्कलाई ‘मल्टिपल’ बनाएर सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे । एक ठाउँमा शुल्क तिरेपछि अर्को ठाउँमा पर्यटक जाँदा समस्या झेल्नुपरेको बताउँदै ‘मल्टिपल इन्ट्री’ का लागि खुला गर्नुपर्ने उनको भनाइ थियो ।

छलफल कार्यक्रममा होटल एशोसिएशनका केन्द्रीय अध्यक्ष भरत पराजुलीले सबै कुरा खुला भइरहँदा नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण गराउन पहल गराउनुपर्ने बताए ।
 
छलफल कार्यक्रममा नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारी, नेशनल टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)का अध्यक्ष सञ्जयकान्त सिग्देल, इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसिएशन (एगा) का अध्यक्ष विश्वराज पोखरेल, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्मिाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का उपाध्यक्ष उमा भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीलगायतका व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई न्यूनीकरण गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि यथाशक्य पहल गर्न र पर्यटनमा देखिएका अवरोध हटाएर आर्थिक समृद्धिको आधार खडा गर्न मन्त्री ढकालसमक्ष आग्रह गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x