×

NMB BANK
NIC ASIA

सन्दर्भ : मध्यावधि निर्वाचन

चुनावका लागि बजेट मागको पत्र कुर्दै अर्थमन्त्रालय, सांसदको दशैंभत्ता समेत रकमान्तरको तयारी !

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोग वैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटिसकेको छ ।

Muktinath Bank

आयोगले आगामी निर्वाचनका लागि आवश्यक कामकारवाही गर्न आर्थिक कार्यविधि बनाएर सक्नै लागेको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अबको करीब एक हप्ता भित्रमा कार्यविधि बनिसक्ने छ । 


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग उनले भने, ‘अबको हप्तादिन भित्रमा निर्वाचन कार्यविधि बनिसक्ने अनुमान छ, त्यसपछि बाँकी कुरा आउँछ ।’

Vianet communication
Laxmi Bank

मतदाता नामावली संकलन, अद्यावधिक तथा छपाइदेखिका निर्वाचनसँग सम्बन्धित सबै काम गर्नुपर्ने भन्दै आयोगले कार्यविधि बनाउँदै गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

कार्यविधि बनिसकेपछि भने निर्वाचनमा केकस्तो खर्च हुने भन्नेबारे आँकलन गरिने उनले बताए । 

उनले भने, ‘मतदाता नामावली संकलन, अद्यावधिक तथा छपाइ गर्ने र मतदान केन्द्रसम्म ढुवानी गर्ने जस्ता काममा खर्च हुन्छ, कार्यविधि आएपछि मात्रै त्यसबारे भन्न सकिन्छ ।’

निर्वाचन आयोगले गत निर्वाचनमा करीब ७ अर्ब २० करोड रकम खर्च गरेको थियो । 

‘नयाँ मतपत्र छपाइ गर्ने र ढुवानी गर्ने लगायतका कार्यका लागि केही महंगो पर्न जाने देखिन्छ,’ प्रवक्ता श्रेष्ठ बताउँछन्  । 

यो पटक निर्वाचनमा कति मानिस खटिन्छन्, कति दिनका लागि खटिन्छन्, खर्च त्यसमा निर्भर हुने आयोग बताउँछ । 

स्वाभाविक रूपले बजार मूल्य बढेका कारण सामग्रीमा केही बढ्न सक्ने देखिन्छ । 

जनशक्ति परिचालन कति दिन र कति गर्ने भन्ने कुराले खर्च निर्धारण हुने उनले बताए । 

कार्यविधि आएपछि अर्थमन्त्रालयसँग बजेट माग गरिने उनले बताए । 

आयोगलाई पर्खँँदै अर्थ मन्त्रालय 

अहिले निर्वाचन आयोग आर्थिक कार्यविधि बनाउनमा व्यस्त छ । केही दिनमा नै  बजेट माग गर्ने तयारीका साथ आयोगले कार्यविधि बनाउन थालेको हो । 

यता अर्थमन्त्रालय पनि बजेट कसरी व्यवस्थापन गर्ने भन्नेबारे आवश्यक छलफलमा व्यस्त छ । अर्थमन्त्रालय आयोगले कति बजेट माग गर्छ, त्यसअनुसार अगाडि बढ्ने रणनीतिमा छ । 

अर्थमन्त्रालय स्रोत भन्छ, ‘सचिवज्यूहरूको नेतृत्वमा छलफलहरू त भइरहेको छ, तर निर्वाचन आयोगले केकति बजेट माग्छ, त्यसैअनुसार हामी अगाडि बढ्नुपर्ने हुन्छ ।’

अर्थमन्त्रालयमाथि अहिले दबाब नै दबाब छ । कोरोना महामारीको बीचमा अकस्मात निर्वाचन घोषणा हुँदा कसरी अगाडि बढ्ने भन्नेतर्फ मन्त्रालयको ध्यान छ । 

कोरोना खोपका लागि पनि ठूलो मात्रामा बजेट विनियोजन गर्नुपर्ने अवस्थामा फेरि निर्वाचनका लागि पनि बजेट छुट्याउन मन्त्रालयलाई हम्मेहम्मे नै छ । 

‘तैपनि निर्वाचनको मिति घोषणा भएपछि हामी पन्छिन मिल्दैन, बजेट छैन भन्न मिल्दैन, त्यसैले हामी बजेट व्यवस्थापनतर्फ सोचिरहेका छौं,’ मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो । 

कोरोना खोप दाताको भरमा !

झण्डै एक महिना अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप ल्याउनका लागि करीब ४० अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने जनाइसकेको छ । 

‘यति ठूलो रकम सरकारले कसरी व्यवस्थापन गर्ने ! दाताले दिएमा सहज हुनेछ,’ मन्त्रालय स्रोत बताउँछ । 

कोरोना खोप ल्याउन दाताले सहयोग गरिदिएमा सरकारलाई केही सहज हुने अर्थ मन्त्रालय बताउँछ । 

मन्त्रालय स्रोत भन्छ, ‘दाताले कोरोना खोप ल्याउँछन्, त्यसो भएमा यता निर्वाचनलाई खर्च व्यवस्थापन गर्न गाह्रो हुँदैन भन्ने अनुमान छ ।’

सरकारले कोरोना खोप किन्नका लागि कोषमा रकम सहयोग गर्न भन्दै औपचारिक रूपमा दाताहरूको सहयोग मागिसकेको छ । 

सरकारले पुस २४ गते गरेको निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपका लागि खोप कोषमा योगदान गर्न आह्वान गर्दै बुधवार सूचना जारी गरेको छ । 

हेर्नुहोस्, सूचना :

कति चाहिन्छ निर्वाचनमा खर्च ? 

अघिल्ला निर्वाचनहरूभन्दा अहिलेको निर्वाचनमा खर्च बढी हुने देखिन्छ ।

निर्वाचन आयोगका अनुसार सामग्रीहरूको मूल्य बढेकाले मतपत्र छपाई लगायतका काममा नै बढी रकम लाग्छ ।

यसका अलावा निर्वाचन अवधिभरको खर्च पनि धेरै नै हुने देखिन्छ ।

अर्थ मन्त्रालयले आगामी प्रतिनिधि सभा निर्वाचनमा करीब १० देखि ११ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

अघिल्लो पटक तीनै तहको निर्वाचनमा करीब १८ अर्ब ३१ करोड रकम खर्च मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

कसरी हुन्छ बजेट व्यवस्थापन ? 

कोरोना महामारीको समयमा सांसदहरूले तलब तथा भत्ता रकमहरू यस वर्ष फिर्ता लिएका छन् ।

लोकान्तरमा समाचार प्रकाशित भएपछि धमाधम फिर्ता भएको सो रकम अर्थमन्त्रालयले आगामी निर्वाचनमा प्रयोग गर्ने तयारी गरेको छ । 

‘सांसदहरूको तलब भत्ता पनि निर्वाचन खर्चमा तान्ने तयारी भइरहेको छ,’ मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो । 

यस्तै अन्य खर्च नहुने सम्भावना भएका ठूला तथा मध्यम किसिमका आयोजनाहरूको रकम पनि निर्वाचनकै लागि प्रयोग गर्ने मन्त्रालयको सोच छ । 

‘मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कतिपय आयोजनाहरूमा तयारीविना नै बजेट विनियोजन गरेको थियो । सो रकम समेत तानतुन पारेर निर्वाचनमा लैजानुपर्ने देखिन्छ,’ स्रोत बताउँछ ।

यता अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख एवम् सहसचिव धनिराम शर्माले निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले समेत बजेट मागिसकेपछि बजेटबारे औपचारिक रूपमा कुरा हुने बताए ।

लोकान्तरसँग उनले भने, ‘हामीले ती निकायहरूलाई पर्खिरहेका छौं, उनीहरूले बजेट मागेपछि हामी बजेट कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ अगाडि बढ्छौं ।’

उनले बजेट खर्च नहुने शीर्षकहरूबाट रकमान्तर गर्नेगरी अर्थमन्त्रालयले प्रारम्भिक तयारी गरिरहेको समेत बताए ।

उनले भने, ‘बजेट व्यवस्थापनका लागि हामी अहिले प्रारम्भिक तयारीमा नै छौं ।’
  
कति छ सरकारसँग पैसा ? 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधवारसम्ममा ४ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी छ । यसमा राजश्व, दाता लगायतबाट प्राप्त भएको रकम समावेश छ । 

यस्तै बुधवारम्ममा सरकारी ढुकुटीबाट ४ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ, जसमध्ये पुँजीगत खर्च जम्मा १४.४० प्रतिशत मात्र भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x