प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

फाइल फोटो

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बसिरहेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रवार बैठक बसिरहेको हो । 


Advertisement

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेपनि कांग्रेसले सहमति नजनाएपछि एक्लै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्