×

NMB BANK
NIC ASIA

‘बहुप्रतिभाशाली’ ओली : ११३ प्रकारका आवाजबाट ‘गिनिज बूक’मा नाम लेखाउने सुरसार

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली सुख्खडका दीपेन्द्र ओलीले १५ वर्षको कलिलै उमेरमा फरक–फरक आवाज निकाल्ने कला प्रस्तुत गर्दा हौसला दिने कोही थिएनन् । बरु केही काम नपाएर बौलाइरहन्छ भन्दै धेरैले आलोचना गर्थे ।

Muktinath Bank

तर अहिले समय फेरिएको छ । ओलीलाई देश–विदेशबाट कला प्रस्तुत गर्न निम्तो आउने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुरूमा मेरो कलालाई कसैले पत्याएनन्,’ उनले भने, ‘अहिले देश–विदेशका विभिन्न ठाउँमा गएर आफ्नो कला देखाउन भ्याइँ–नभ्याइँ छ ।’


Advertisment
Nabil box
Kumari

ओली पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर चर्चित छन् । नेपालका चर्चित नेता, कलाकारदेखि लिएर चराचुरुङ्गी तथा विभिन्न बाजाहरूको आवाज दुरुस्तै निकाल्न सक्ने क्षमता र कला छ ओलीमा । 

Vianet communication
Laxmi Bank

कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा २०५७ फागुन २५ गते जन्मिएका दीपेन्द्र अहिले २० वर्षको भए । आफ्नो फरक कलाका कारण उनलाई अहिले मेला महोत्सवमा पुग्न भ्याइँ–नभ्याइँ छ ।

राष्ट्रिय उच्च मावि सुख्खडमा अध्ययन गरिरहेका दीपेन्द्रले  हाँस्य कलाकार शिवहरि पौडेल, अर्जुन घिमिरे ‘पाँडे’देखि कुमार कट्टेल ‘जिग्री’को समेत आवाज दुरुस्तै निकाल्न सक्छन् । विभिन्न बाजागाजा, जनावरको पनि आवाज निकाल्न सक्ने भएकाले आफू अरूभन्दा फरक भएको उनी बताउँछन् । 

‘१० कक्षामा पढ्दा क्यारिकेचर गरेर गीत गाउँथे,’ उनले भने, ‘मलाई नेपालका अन्य सबै हाँस्यव्यंग्य कलाकारको भन्दा फरक गर्न मन लाग्यो र मैले त्यसै गर्ने प्रयत्न गरें ।’ अहिले महोत्सवको बेला भएकाले भ्याइँ–नभ्याइँ भएको र पढाइलाई समेत असर पर्ने गरेको उनले बताए । ‘तर लक्ष्य नै यसैमा केन्द्रित भएकाले दुवै कुरा सँगै लगेको छु,’ उनले भने ।

फरक–फरक आवाज निकाल्दा शुरूमा घाँटीमा समस्या आउने गर्थ्यो तर आफूमा भएको फरक प्रतिभा देखाउन पाउँदा खुशी लाग्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘शुरूमै त कुनै पनि फरक आवाज प्रस्तुत गर्न सक्दिनँ, शुरूमा म अनुसन्धान गर्छु अनि अरुको सामु देखाउँछु ।’ 

उनी देशका प्रायः सबै शीर्ष नेताहरूको आवाज नक्कल गर्न सक्छन् । ‘मोहन वैद्य ‘किरण’को क्यारिकेचर गर्न मलाई निकै मेहनत लाग्यो, अन्य नेता तथा कार्यकर्ताभन्दा फरक र गह्रौ आवाज भएकाले तर त्यो पनि पूरा गरेरै छोडें,’ उनले भने ।

शुरूमा हेला, अहिले सबैका प्रिय

ओली घरका एक्ला छोरा हुन् । उनकी एउटी बहिनी छन् । शुरूमा परिवारबाट साथ नपाए पनि अहिले भने हौसला मिलेको उनी बताउँछन् । ‘शुरूमा त परिवारका सदस्यले पनि खासै सकारात्मक प्रतिक्रिया जनाउनुभएन,’ ओलीले भने, ‘बाहिर कार्यक्रममा व्यस्त हुन थालेपछि परिवारको साथ पाएँ, अहिले उहाँहरूले पनि अगाडि बढ्न हौसला दिनुहुन्छ ।’

ओलीले हाँस्यव्यंग्य क्षेत्रमै केही गर्छु भनेर लागेको ५ वर्ष जति भयो । हाँस्यव्यंग्य क्षेत्रलाई मनोरञ्जनको माध्यमको रूपमा मात्र नभई चेतनामूलक कुराहरू पस्किनुपर्ने उनको विचार छ । आफ्नो फरक कलाको माध्यमले परिवारलाई मात्र होइन, देशलाई नै चिनाउने चाहना रहेको उनी बताउँछन् ।

२०७२ सालमा सुखडमा भएको सांस्कृतिक महोत्सवले दीपेन्द्रको कलालाई बाहिर देखाउनमा ठूलो टेवा पुग्यो । अहिले उनलाई देश–विदेशका मेला महोत्सवका लागि निम्तो आइरहन्छ । ‘पोखरा, चितवन, बुटवल, भैरहवा, कपिलवस्तु, धनगढी लगायतका विभिन्न ठाउँहरू गरी नेपालका ३५ वटा जिल्लामा सहभागिता जनाइसकेको छु,’ ओलीले भने, ‘म विश्वसामु चिनाउन चाहन्छु, नेपालमा पनि धेरै प्रतिभा भएका मान्छे छन् भनेर ।’

ओलीले थपे, ‘गिनिज बूकमा नाम लेखाउने सपना छ, विश्वमै सबैभन्दा बढी आवाज निकाल्ने व्यक्ति नेपालका दीपेन्द्र ओली भनेर ।’

भारतको दिल्ली तथा आसपासका ठाउँमा पनि आफ्नो प्रस्तुती देखाइसकेका उनी अरु देशमा पनि प्रस्तुती देखाउन जाने तयारी रहेको बताउँछन् । नाकको प्वालबाट गितार, घाँटीबाट सनही लगायतका विभिन्न किसिमका बाजाको आवाज निकाल्न सक्ने ओलीले भारतीय चर्चित कार्टुन मोटु पत्लुको आवाजको क्यारिकेचर गरेर बालबालिकालाई मनोरञ्जन दिने गर्छन् ।

कोरोनाले रोजीरोटी खोस्यो !

कोरोना संक्रमणअघि देशभरका मेला–महोत्सवमा भ्याइँ–नभ्याइँ हुने दिपेन्द्र अहिले भने फुर्सदमा छन् । कोरोना संक्रमणका कारण मेला महोत्सवहरू प्रभावित भएपछि फुर्सदिलो भएको उनले बताए । ‘मेला महोत्सव हुँदा महिनामा लाखौं कमाइ हुन्थ्यो । रमाइलोमै दिनचर्या बित्थ्यो । एउटा महोत्सव नसकिँदै अर्काे ठाउँबाट माग भइहाल्थ्यो, कतिपय अवस्थामा त समय नभएर बोलाएको ठाउँमा जान सक्दिनथें,’ उनले भने, ‘अहिले त्यस्तो छैन । बढ्दो कोरोना संक्रमणका कारण मेला महोत्सव रोकिएका छन् ।’

नेताहरूले गरेका आमसभामा हजारौंको भीड भइरहँदा मेला महोत्सवमा रोक लगाइनु जायज नभएको ओलीको तर्क छ । ‘अब सरकारले मेला महोत्सवहरू पनि आयोजना गर्न अनुमति दिनुपर्छ । आमसभाको भीडभाडले कोरोना नसर्ने महोत्सवको भीडभाडले कोरोना सर्ने भन्ने हुँदैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x