×

NMB BANK
NIC ASIA

७ सय १९ लाभग्राहीले सम्झौता गरेनन्

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनःनिर्माणको सूचीमा समावेश भएका ७०० लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६७६ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेका हुन् । 

Muktinath Bank

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि ७१९ जनाले सम्झौता नगरेको जानकारी दिए। अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवास पुनःनिर्माणका लागि सम्झौता नगरेसँगै त्यस्ता लाभग्राही अनुदान प्राप्त गर्नबाट वञ्चित भएका छन् । व्यास नगरपालिकामा दुई हजार ९३ लाभग्राही कायम भएकामा दुई हजार दुई, भानु नगरपालिकामा चार हजार ५५१ लाभग्राही कायम भएकामा चार हजार ३८८, बन्दीपुर गाउँपालिकामा एक हजार २४ लाभग्राही कायम भएकामा ९४४, आँबुखैरेनी गाउँपालिकामा ७५२ लाभग्राही कायम भएकामा ७३३ र देवघाट गाउँपालिकामा ६१९ लाभग्राही कायम भएकामा ५९३ रहेका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी  घिरिङ गाउँपालिकामा ३१७ लाभग्राही कायम भएकामा २९३, भीमाद नगरपालिकामा एक हजार १४५ एक हजार ४२, म्याग्दे गाउँपालिकामा एक हजार ३९२ लाभग्राही कायम भएकामा एक हजार ३११, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९५७ लाभग्राही कायम भएकामा एक हजार ८५३ र ऋषिङ गाउँपालिकामा ५४५ लाभग्राही कायम भएकामा ५१७ ले मात्रै सम्झौता गरेका छन् ।

Vianet communication
Laxmi Bank

६८ प्रतिशत पुनःनिर्माण सम्पन्न

    तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार ३७३ घर पुनःनिर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६५४ रहेको छ । 

    माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिसपश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिसपछि तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिए । 

कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार ३५३, भानु नगरपालिकामा दुई हजार ९९३, बन्दीपुर गाउँपालिकामा ६८४, आँबुखैरेनी गाउँपालिकामा ५९७, देवघाट गाउँपालिकामा ४१८, घिरिङ गाउँपालिकामा १९७, भीमाद नगरपालिकामा ६७३, म्याग्दे गाउँपालिकामा ९१७, शुक्लागण्डकी नगरपालिकामा एक हजार २०२ र ऋषिङ गाउँपालिकामा ३३९ निजी आवास पुनःनिर्माण सकिएको छ । 

यसैगरी व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार ४८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार ३८८ ले पहिलो र तीन हजार ३५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा ९४३ ले पहिलो र ८१७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा ७३३ ले पहिलो र ६३८ ले दोस्रो, देवघाट गाउँपालिकामा ५९३ ले पहिलो र ४७८ ले दोस्रो, घिरिङ गाउँपालिकामा २९३ ले पहिलो र २२० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र ८२५ ले दोस्रो दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।

त्यस्तै दोस्रो किस्ताबापतको रकम बुझ्नेमा म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार ८५२ ले पहिलो र एक हजार ४३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका ५१७ ले पहिलो र ४०६ लाभग्राहीले रहेका छन् ।

प्रबलीकरणतर्फ एक हजार ५६८ लाभग्राही रहेकामा एक हजार २४१ ले सम्झौता गरेका छन् भने एक हजार २३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x