×

NMB BANK
NIC ASIA

किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत, के छ कार्यविधिमा ?

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । 

Muktinath Bank

विद्यालयमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन सहयोग पु¥याउने ध्येयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै सो कार्यविधि स्वीकृत गरेको हो । पहिलोपटक स्वीकृत कार्यविधिले विद्यालयमा सूचना कर्नरलाई व्यवस्थितरुपमा सञ्चालन गरी किशोरकिशोरीका गुनासा, जिज्ञासा र समस्यालाई समाधान गर्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य लिइएको छ ।  नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), नेपाल परिवार नियोजन सङ्घ र बृहत् यौनिकता शिक्षा प्राविधिक कार्य समूहले संयुक्तरुपमा  केन्द्रलाई कार्यविधि तयार पार्न सहयोग गरेका थिए ।   
 
विद्यालय तहमा अध्ययनरत किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यका विभिन्न  जिज्ञासा र समस्याको समाधान गरी उनीहरुका सिकाइ क्रियाकलापमा सक्रिय सहभागिता गराउने र गुणस्तरीय शिक्षामा पुहँच अभिवृद्धि गर्ने ध्येय पनि कार्यविधिको रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाल्यवस्था र युवावस्थाबीचको सङ्क्रमणको अवस्था हो–किशोरावस्था । यस्तो अवस्थामा किशोरकिशोरीमा शारीरिक तथा मानसिक परिवर्तन छिटोछिटो हुने र उनीहरु धेरै जिज्ञासुसमेत हुने गर्दछन् । उनीहरुमा यौनिकताको मूल्य तथा मान्यता, यौनका सम्बन्ध, यौन जीवनप्रतिको बुझाइ र समग्र स्वास्थ्यमा सहजता ल्याउन आवश्यक हुन्छ । ती विषयमा उनीहरुलाई सही ज्ञान तथा सीपको विकास गर्न विद्यालयमा अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाइ गर्न किशोरकिशोरी मैत्री सूचना कक्ष सञ्चालनको अवधारणालाई मन्त्रालयले कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्यालयमा बृहत् यौनिकता शिक्षा, प्रजनन स्वास्थ्य र अधिकारका साथै किशोरावस्थामा समग्र स्वास्थ्यसम्बन्धी सामग्रीको उपयोग र अध्ययन गर्न मैत्रीपूर्ण वातावरण सिर्जना गर्र्न कोशेढुङ्गाको काम गर्ने अपेक्षा लिइएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यविधि परिचय, नाम, सञ्चालन र व्यवस्थापन, स्थानको छनोट र व्यवस्थापन, सूचना कक्ष सञ्चालनका लागि गर्नुपर्ने कार्य र विविधसहित ६ परिच्छेदको छ । 

Vianet communication
Laxmi Bank

कार्यविधिमा के छ त ?

कार्यविधिले विद्यालयमा स्थापना गरिने सूचना कर्नरमा किशोरकिशोरीको पहुँच सुनिश्चितता  गरेको छ । “किशोरकिशोरी मैत्री सूचना कर्नर उनीहरुको सहभागिता, अगुवाइ र व्यवस्थापनमा विद्यालयमा सञ्चालन गरिने जीवनोपयोगी सीपमा आधारित बृहत् यौनिकता शिक्षा र सूचनाका साथै किशोरकिशोरीको समग्र स्वास्थ्य प्रवद्र्धन गर्ने सामूहिक कार्यथलो हो ।” कार्यविधिमा भनिएको छ ।

किशोरकिशोरीको जिज्ञासा, समस्या तथा अनुभूत गरेका असहजतासम्बन्धी सूचना, शिक्षा र परामर्श सहयोगका लागि सूचना कर्नरमार्फत बृहत् यौनिकता शिक्षा सामग्रीको अध्ययन र उपयोग गर्ने, किशोरकिशोरी मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, उनीहरुका लागि बृहत् यौनिकता शिक्षा र ज्ञान तथा जीवनोपयोगी सीप विकास गर्ने, सूचनाकक्ष सञ्चालनको प्रक्रिया र मापदण्ड निर्धारण गर्ने र सूचना कर्नरको संस्थागत विकास र प्रभावकारी उपयोगीका लागि किशोरकिशोरीको क्षमता विकास गर्नेलगायतका मुख्य उद्देश्य पनि कार्यविधिले लिएको छ । 

सूचना कक्षलाई प्रभावकारी एवं दीगो सञ्चालन गर्न वडाध्यक्ष अथवा उहाँले तोक्नुभएको  वडासदस्यको संयोजकत्वमा सहजीकरण, सल्लाह र परामर्श व्यवस्थापन समिति गठनको प्रावधान कार्यविधिमा राखिएको छ । व्यवस्थापन समितिका पदाधिकारी, सहजकर्ता र सल्लाहकारका काम,  कर्तव्य र अधिकार, बैठक, साथी शिक्षक, साथी शिक्षकको जिम्मेवारी र सूचना कर्नर सञ्चालनका कार्यगत सीमा कार्यविधिभित्र छ । यस्ता कर्नरमा किशोरकिशोरीका मात्र सहभागिता हुनेछ सीमामा छ । 

सूचना कर्नर विद्यालयको पुस्तकालय अथवा छुट्टै कोठमा सञ्चालन गरिने, यस्ता सूचना कक्ष कुराकानी गर्दा गोपनीयता अपनाउन मिल्ने र अपाङ्गतामैत्री हुनुपर्नेछ । यसैगरी कार्यविधिमा सूचना कर्नर सञ्चालनका लागि गर्नुपर्ने काम स्पष्टरुपमा उल्लेख पनि गरिएको छ । 

विद्यालयमा राखिएका गुनासो सुनवाइ पेटिकामा किशोरकिशोरीका यौनिकता शिक्षा तथा समग्र स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा तथा समस्या सङ्कलन हुने व्यवस्था मिलाउनुपर्ने, उनीहरुको यौनिकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, गुनासा, समस्या र जिज्ञासा पेटिकाभित्र खसाल्न प्रोत्साहित गर्ने  पनि कार्यबिधिमा समाविष्ट छ । 

विश्वस्वास्थ्य सङ्गठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहलाई किशोरकिशोरी भन्ने भनिन्छ । पछिल्लो जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ती उमेर समूहका २८ प्रतिशत किशोरीको विवाह सोही उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्काेतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दरप्रति एक हजारमा ८१ रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोरकिशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नु जरुरी रहेको छ । 

सूचना कक्षमा राखिएका सामग्री अध्ययन, साथी शिक्षकका प्रशिक्षण, एकापसमा हुने संवाद र छलफलले विशेषगरी ती उमेर समूहका किशोरकिशोरीको स्वास्थ्यलाई सुधार गर्न अह्म भूमिका निर्वाह गर्ने जनाइएको छ । युएनएफपीएको आर्थिक एवं प्राविधिक सहयोगमा सर्लाही, सुनसरी, रौतहट, अछाम, बाजुरा, बझाङ, बैतडी, उदयपुर र पूर्वी रुकुममा बृहत् यौनिकता शिक्षा कार्यक्रम कार्यान्वयन भइरहेको छ । हालसम्म ती जिल्लाका विद्यालयमा १३७ किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालनमा आइसकेको बताइएको छ । 

नेपाल परिवार नियोजन सङ्घका युवा र बृहत यौनिकता शिक्षा कार्यक्रमका वरिष्ठ अधिकृत अनु विष्ट बृहत् यौनिकता शिक्षा प्रवद्र्धन गर्न विद्यालय तहका पाठ्यक्रम समायोजन, शैक्षिक सामग्री उत्पादन, साथी शिक्षकलाई प्रशिक्षण तथा किशोरकिशोरी मैत्री सूचना कर्नर  सञ्चालन कार्यविधि निर्माण र कार्यविधि कार्यान्वयनका काम जारी रहेको जानकारी  दिन्छन्। 

उनी भन्छन्, “सम्बन्धित पक्षका समन्वय र सहकार्यमा तयार भई सरकारले स्वीकृत गरेको किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधिले किशोरकिशोरीका यौन तथा प्रजनन स्वास्थ्यका गुनासो, जिज्ञासा र समस्यालाई सम्बोधन गर्न सहयोग पु¥याउनेछ । अगामी दिनमा सबै विद्यालयमा सूचना कर्नर स्थापना गर्नुपर्छ । सूचना कर्नर सुदृढ भएका किशोरकिशोरीलाई आवश्यक जानकारी पाउन सहज हुन्छ ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x