×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ ।

Muktinath Bank

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । उक्त रणनीतिको मस्यौदामाथि अहिले छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनैपनि विपद्का घटना हुँदा त्यसको व्यवस्थापनमा प्रथमतः आर्थिक विषय महत्वपूर्ण भएर उठेको हुन्छ । आर्थिक व्यवस्थापन हुन नसक्दा राहत, पुनःनिर्माण र पुनःभरण प्रभावकारी हुन सक्दैन । भौतिक संरचनालाई दुरुस्त राख्न पनि वित्तीय स्रोत आवश्यक पर्छ । घटना भएपछि आर्थिक जोहो गर्न लाग्नुपर्ने तीतो यथार्थ हामीमाझ छ । उक्त रणनीति निर्माणपछि यस्ता समस्या हल हुने विश्वास गरिएको छ ।


Advertisment
Nabil box
Kumari

विपद्का बेला हुनसक्ने क्षति न्यूनीकरण र पुनरुत्थानका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रिय रणनीति निर्माणका अवधारणा अघि बढाइएको हो । विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण, पुनःलाभमा लगानी गर्नुपर्न अवस्थामा अर्थाभावले निम्त्याउने समस्यालाई रणनीति पछि सञ्चालन हुने कार्यक्रमले हल गर्ने विश्वास छ ।

Vianet communication
Laxmi Bank

वित्तीय स्रोतको अभावमा यस्ता कार्यक्रम छोटो समयमा सम्पन्न गर्न गाह्रो हुनेहुँदा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिको आवश्यकता महसुस गरिएको प्राधिकरणले जनाएको छ । विपद्का घटनालाई रोक्न नसकिए पनि त्यसको दायित्व हस्तान्तरण गरी आर्थिक पुनःभरण गर्न सकिन्छ । मुलुकमा सार्वजनिक तथा निजी क्षेत्रबाट ठूला पूर्वाधारका काम भइरहेको सन्दर्भमा समय समयमा आउने विपद्ले निम्त्याउने क्षतिको व्यवस्थापनमा वित्तीय स्रोतको आवश्यकता बढी हुन्छ ।

विकासका उपलब्धिलाई संरक्षण गर्दै वित्तीय उत्थानशील नेपाल निर्माण गर्न वित्तीय स्रोत व्यवस्थापन रणनीति बनाउन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । सो रणनीति निर्माणका विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।

रणनीति निर्माणपछि विपद्बाट हुने आर्थिक, भौतिक, सामाजिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्दै वित्तीय जोखिममा सरोकारवालाको हिस्सेदार कायम गरी विपद्का समयमा वित्तीय स्रोत उपलब्ध गराउन सहज हुनेछ । यस्तै व्यवस्थित वित्तीय संयन्त्र सुनिश्चित गर्ने कुरासमेत हालै तयार पारिएको रणनीतिको मस्यौदामा उल्लेख छ । प्राधिकरणले विपद् व्यवस्थापनमा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिलाई अन्तिम रुप दिने तयारी थालेको छ । 

रणनीतिको प्रारम्भिक मस्यौदामाथि पहिलो चरणमा छलफल गरिएको छ । अन्तिम रुप दिएर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट पारित गर्ने योजना रहेको छ । गृहमन्त्री रामबहादुर थापा वित्तीय श्रोत व्यवस्थापन हुने सके विपद्पछिका धेरै कार्यक्रम प्रभावकारी हुने बताउँछन् । 

यही वर्ष नेपालका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरामा परी प्रभावित भएका परिवारका लागि अझै पनि घरबासलगायतका कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । यसको पहिलो कारण भने वित्तीय स्रोत व्यवस्थापन नहुनु नै हो । प्रभावित परिवारको पुनःस्थापनका लागि हालै मात्र सरकारले भूकम्प प्रभावितलाई झैँ राहतका कार्यक्रम सञ्चालन गर्न लागेको छ । 

वित्तीय स्रोत हुने हो भने यस्ता घटना वा परिघटनामा तत्कालै परिचालन हुने गरी पुनःनिर्माण र पुनरुत्थानका कार्यक्रम सञ्चालनमा हुन सक्थ्यो । त्यसैले स्रोत व्यवस्थापनकै लागि रणनीति ल्याउन लागिएको जनाइएको छ ।नारायण ढुङ्गाना,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x