×

NMB BANK
NIC ASIA

धुम्रपान छोड्न चाहनुुहुन्छ ? यस्ता कुरा खान थाल्नुस् !

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 क्यान्सर र मुटुरोगको प्रमुख कारण धुम्रपान हो । चुरोट पिउने मान्छेले शरीरमा निकोटिन थुपार्छ । निकोटिन लागूपदार्थ हो र यसलाई छोड्न धेरै गाह्रो हुन्छ ।

Muktinath Bank

धेरैजनाले धुम्रपान त्यागनका लागि अनेकौं उपाय अपनाउँछन् । तर यहाँ तल दिइएका केही भोजनले तपाईंलाई चुरोटको तलतल लाग्न दिँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारी
गाजर, बुर्काउली, काँक्रो र ज्वानो जस्ता कुरा मरङमरङ चपाउन मिल्ने भएकाले तपाईंलाई चुरोटको तलतलबाट छुटकारा मिल्छ । नियमित यी कुरा खानुभयो भने तपाईंलाई चुरोट बेस्वादे लाग्छ ।


Advertisment
Nabil box
Kumari

अदुवा
चुरोटको तलतल छोड्ने यो सबभन्दा प्रभावकारी वस्तु हो । एक टुक्रा अदुवालाई पिँधेर त्यसमा एक चम्चा चिनी हाल्नुस् अनि नियमित खानुस् । तपाईंले धुम्रपान बिर्सनुहुनेछ ।

Vianet communication
Laxmi Bank

सुन्तला
छिट्टो धुम्रपान त्याग्न चाहनुहुन्छ भने सुन्तला खान थाल्नुस् । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सीले चुरोटका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्छ ।

नुनिलो खानेकुरा
नुनिलो खानेकुरा खानुभयो भने चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन लागेको बेलामा कि नुन चाट्नुस् कि नुनिलो खानेकुरा खानुस् ।

गोलभेडा
गोलभेडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । टमाटरको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ अनि कुनै हानि पनि हुँदैन । आखिर टमाटर र सुर्ती एउटै प्रजातिका बोटबिरुवा हुन् ।

काजुबदाम
चुरोट तान्ने भनेको मुखलाई हल्लाएर सन्तुष्टि लिने काम न हो । काजुबदाम चपाउँदा पनि तपाईंको मुख हल्लेर व्यस्त बनाउँछ र चुरोट छुटाउँछ ।

जौ
धुम्रपान गर्नेले एक्कासि चुरोट खान छोड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण उनीहरूलाई चरक्क टाउको दुख्छ र चक्कर आउँछ । यस्तोबेलामा जौ खाँदा निकोटिनतिर फर्किन मन लाग्दैन ।

दूध
दूधले तपाईंको स्वास्थ्यलाई लाभ हुने धेरै भूमिका खेल्छ । नियमित एक गिलास दूध पिउँदा तपाईंलाई धुम्रपान गर्न मन लाग्दैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x