राष्ट्रिय निकुञ्जको जीवजन्तु तस्करीमा संलग्न ५ जना हतियारसहित पक्राउ

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध जीवजन्तु तस्करीमा संलग्न ५ जना हतियारसहित पक्राउ परेका छन् । 

स्थानीय प्रहरीको सहयोगमा निकुञ्जका प्रतिनिधिहरूले उनीहरूलाई पक्राउ गरेको नेपाली सेनाले शनिवार जनाएको छ । 


Advertisement

पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ११ मुहका ४५ वर्षीय मन बहादुर बुढा, ३७ वर्षीय चन्द्र प्रसाद बुढा, वडा नम्बर ७ पहाडा बस्ने ४१ वर्षीय सूर्य बहादुर बुढा, ३० वर्षीय चन्द्र केसी र २१ वर्षीय गोकर्ण बुढा रहेका छन् ।
उनीहरूको घरबाट २ नाल भरुवा बन्दुक, १ थान बारुदको डिब्बा, ४५ थान छर्रा, १४ थान कस्तुरी मार्ने पासो, बारुद भरिएको चौंरी गाईको सिंग तथा ४ वटा कस्तुरीको दाँत बरामद भएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्