×

NMB BANK
NIC ASIA

संसद पुनःस्थापना भए पार्टी एकता जोगिन्छ : नेता भुसाल

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन् ।

Muktinath Bank

संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट पारे । 


Advertisment
Nabil box
Kumari

उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे । संसद पुनःस्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र हालसम्म प्राप्त उपलब्धिहरू नासिने उनले बताए ।

Vianet communication
Laxmi Bank

न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताउँदै उनले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए  ।

‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’ 

कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको एकात्मवादी सोच र व्यवहारका कारण समस्या आएको बताउँदै संसद विघटनले राजावादीहरू सल्बलाउने अवसर पाएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडकबाटै संसद पुनःस्थापना गरिने उनले बताए ।

पार्टीका अर्का नेता तथा सामाजिक विकास मन्त्री समाजवादउन्मुख देश बनाउन २ ठूला कम्युनिस्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकाले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य मक्सुद अली, पार्टीका जिल्ला सचिव निर्मल जिसी, नेता तथा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, नेतृ तथा तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरी लगायतले बोलेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x