×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खाँदैन : नेता सिंह

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुलुकका ७५३ वटै पालिकामा आज विरोध र्‍याली र सभा गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

उक्त पार्टीको काठमाडौं महानगर समितिद्वारा यहाँ आयोजित विरोध र्‍याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

पूर्वउपप्रधानमन्त्री सिंहले भने, 'प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन ।'

Vianet communication
Laxmi Bank

न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताउदै नेता सिंहले भने,'हल्ला त अनेकौं चलेका छन्, न्यायमूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुग्नुहुनेछ , विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ ।' 

राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उहाँले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गरे ।

सो अवसरमा काठमाडौं उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गरे ।

यसैबीच, प्रतिनिधिसभा विघटनको विरोध र पुनःस्थापनाका लागि माग गर्दै वरिष्ट चिकित्सक डा गोविन्द केसी, पत्रकार नारायण वाग्ले, अधिवक्ता ओम अर्याललगायत नागरिक समाजका अगुवाले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरे ।

सवैधानिक सर्वोच्चता र न्यायिक सुशासन कायम गरियोस्जस्ता नारा लेखिएको प्लेकार्ड लिएर एक घन्टा उभिएर प्रदर्शन गरेपछि डा केसी र पत्रकार वाग्ले जनताको सेवाका लागि गठित सरकारबाट नै संविधानको गलत व्याख्या र प्रयोग भएकाले न्यायालयबाट संविधानको  संरक्षण र सही व्याख्या होस् भन्ने अपेक्षा गरिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x