×

NMB BANK
NIC ASIA

चुरे र भित्री मधेसको समृद्धिका लागि महत्त्वपूर्ण

माघ ४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

तराईको समथर भूभागभन्दा माथिबाट चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा भइरहेको छ । कतिपय स्थानमा कालोपत्रे नै भइसकेको छ भने कतिपय स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै छ ।

Muktinath Bank

यो राजमार्गले कतिपय स्थानमा नयाँ मार्ग खोल्ने छ भने कतिपय पहिल्यैदेखि कायम रहेका मार्गलाई विस्तारित रूपमा जोड्ने छ । मदन भण्डारी राजमार्ग नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिने छ । यस राजमार्गको कुल लम्बाइ एक हजार २५० किलोमिटर रहने अनुमान गरिएको छ । यसमध्ये ४६५ किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई वर्षअघि २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको यो राजमार्गको धरान–हेटौँडा खण्ड चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । कुल २५० किलोमिटरको यो खण्डमा ८० वटा पुल निर्माण सम्पन्न भइसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी बाँकी १८ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

दाङ क्षेत्रलगायत विभिन्न भागका खण्ड–खण्डमा पनि सडक स्तरोन्नति र कालोपत्रे काम धमाधम भइरहेको छ । अन्य भागमा विभिन्न चरणको काम भइरहेको छ । यस राजमार्गको सम्पूर्ण भागको रेखाङ्कन तय भइसकेको छ । आगामी २०८२ सालसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

Vianet communication
Laxmi Bank

यो राजमार्गको पूर्वी बिन्दु झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगी रहेको छ । त्यहाँबाट आरम्भ भई राजमार्गको अन्तिम पश्चिम बिन्दु डडेलधुराको रुपाल रहेको छ । झापाको बाहुनडाँगीबाट सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडार हुँदै डडलेधुराको रुपालसम्म जोडिने छ ।

धमाधम काम हुँदै
यो राजमार्गको धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा खण्डको ३१८ किमिको निर्माण कार्य २०६४/६५ देखि नै सुरु भएको हो । अहिले यसलाई १३५ किमिको पूर्वी (उदयपुरको बसाहादेखि सिन्धुलीको भिमान) र ११५ किमि पश्चिमी (भिमान–हेटौँडा) खण्डको काम भइरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी नेपालको करिब १३५ किमि (बाहुनडाँगी–धरान) राजमार्ग निर्माणका लागि छुट्टै कार्यालय दमकमा बसेको छ तर जनशक्तिको व्यवस्थापन भइसकेको छैन ।

“अहिले हामी छिटोभन्दा छिटो दमकमा कार्यालय र यसका लागि आवश्यक कर्मचारी व्यवस्थापनमा लागेका छौँ,” मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने । अबको तीन वर्षभित्र राजमार्ग तयार भइसक्नुपर्ने भएकाले चाँडो डीपीआर तयार गरेर काम सुरु गर्न आफूहरूले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा बारम्बार छलफल गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको विकास विज्ञसमेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

चौदण्डीगढी–भिमान कालोपत्रे
धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौँडासम्मको खण्ड सबभन्दा बढी काम भएको खण्ड हो । यो खण्डअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहादेखि सिन्धुलीको भिमानसम्मको १३४ किलोमिटरमध्ये सय किलोमिटरमा कालोपत्रे भइसकेको गाईघाटस्थित मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

सप्तकोसीदेखि पश्चिमसम्म महाभारत पहाडको काछैकाछ निर्माण भइरहेको यो राजमार्र्गको भिमान–बसाहा खण्ड अबको डेढ महिनामा सम्पन्न गरिसक्ने गरी काम भइरहेको गाईघाटस्थित सो कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । चार वर्षअघि २०७३ कात्तिकदेखि निर्माण सुरु भएको यो राजमार्ग अन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माण भइसकेको छ भने एप्रोच सडक निर्माणको काम बाँकी छ । त्यसका १२ वटा पुल निर्माण गर्न बाँकी छ ।

यो सडकअन्तर्गत उदयपुर र सिन्धुलीको सीमामा पर्ने कमला नदीमा निर्माणाधीन पक्की पुल निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । पूर्वतर्फको बसाहाबाट गाईघाट हुँदै सिन्धुलीको भिमानसम्मको सडक निर्माणको क्रममा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाको बीचमा पर्ने बागमती क्षेत्रको करिब आठ किलोमिटर खण्डमा संरचना बनाउने र कटिङ गरी ग्रेड मिलाउने लगायतका काम निर्माण सम्पन्न गरी ‘सब बेस’ लगाउने काम सुरु गरिएको छ ।

गत चैतदेखि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले बन्दाबन्दी गरेको झन्डै डेढ महिना सबै काम ठप्प भए पनि यतिबेला भने सडक निर्माण कार्यले तीव्रता पाइरहेको आयोजना प्रमुख डिभिजन इन्जिनियर बेलबहादुर भुजेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x