स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक इजलासबाटै लिइने संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाउनु र प्रधानमन्त्रीले न्यायाधीश भेटेको भनेर नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र भएको चर्चा गरे ।


Advertisement

उनले भने , “जुन नाम मिडियाले लिएका छन्, ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले पनि मैले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरूलाई म चिन्दा पनि चिन्दिनँ ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने , “न्याय प्रणालीमाथि जनताको विश्वास हटाउन घिनलाग्दा प्रयास भए । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो । स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भयो ।”


Advertisement

प्रधानमन्त्री ओलीले बलिदानीपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थमा प्रयोग हुन नदिइने दृढता व्यक्त गरे । उनले भने , “नेपाली जनता सचेत र सजग छन् । देश प्रतिगमनतर्फ फर्कन सक्दैन, गर्न दिइने छैन । न्याय र विकासतर्फ देश अगाडि बढ्छ ।”

उनले कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याएर जनताको जीवन रक्षा गरिने र विकासको गतिलाई ज्यादै तीव्रता दिइने विश्वास व्यक्त गरे । निर्वाचन आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहले निर्वाचनका प्रक्रिया रोक्न दबाब दिने कार्य अलोकतान्त्रिक, गैरजिम्मेवार र अराजनीतिक कार्य गरेको प्रधानमन्त्री ओलीले बताए ।

उनले भने , “निर्वाचन आयोगको कामै निर्वाचन गराउनु हो । प्रतिनिधि सभा विघटन भइसकेपछि निर्वाचन नगर भनेर मुलुकलाई लैजान खोजेको कहाँ हो ?” नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दिने गलत तत्वलाई निर्वाचनमार्फत सबक सिकाउन आग्रह गर्दै उनले भने , “गलत तìवलाई सबक सिकाउने बेला यही हो । देश र वामपन्थी आन्दोलनप्रति बेइमानी गर्नेहरूलाई सबक सिकाउने बेला यही हो ।”

निर्वाचनमार्फत लोकतन्त्र र आन्दोलनको रक्षा गर्दै देशको विकासलाई सुनिश्चित गर्ने कार्यमा होमिन कार्यकर्तालाई आह्वान गर्दै उनले भने , “धनुबाट छुटेको वाणजस्तो गतिशील हुनुपर्छ । आफ्नो लक्ष्य भेदन गर्ने सामथ्र्य बोकेको गतिशील हुनुपर्छ ।” कार्यक्रममा नेकपा नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रभु साह, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्