×

NMB BANK
NIC ASIA

निर्मल पुर्जासहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

माघ ४, २०७७

NTC
Sarbottam
तस्बिर : आरोही निर्मल पुर्जाको इन्स्ट्राग्राम
Premier Steels
Marvel

 विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।

Muktinath Bank

गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको खतरनाक मानिने केटू हिमालको चुचुरोमा चढेर फेरि विश्वको ध्यान खिचेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका हुन् । ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाको इन्स्टाग्राममा लेखिएको छ, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’


Advertisment
Nabil box
Kumari

शनिबार राति १ बजे चौथो तथा अन्तिम शिविरबाट डोरीको सहायताले बाटो बनाउँदै उनीहरू सबै बोतल अक्सिजनको सहायतामा शिखरमा पुगेका हुन् । यस आरोहण दलका नेतामध्येका छाङ दावा शेर्पाका अनुसार सबै जना करिब ६ घण्टापछि राति १० बजे चौथो शिविरमा सकुशल फर्केका छन् । पुर्जासहित सफल आरोहण गर्नेमा तीनवटा फरक–फरक आरोहण दलका नेपाली सदस्यहरू छन् । जसमा पुर्जाको आरोहण दलका मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा छन् । अर्को नेपाली आरोहण दलका तर्फबाट मिङमा जी, दावा तेन्जिीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहण दलबाट सोना शेर्पा छन् ।

Vianet communication
Laxmi Bank

चुचुरोमा पुग्नुअघि तीनवटै आरोहण दलका सबै नेपालीले चुचुरोमुनि एक–अर्काका लागि १० मिनेट प्रतीक्षा गर्दै समूह बनाएर नेपाली राष्ट्रिय गान गाउँदै चुचुरोतर्फ पाइला चालेको पुर्जाको इन्स्टाग्राममा लेखिएको छ । त्यसमा यो सफलतालाई एक विशेष पल भनिएको छ । उनले पोस्ट गरेको स्टाटसलाई २ घण्टामा ५० हजार ७ सय बढीले लाइक गर्दै कमेन्टमा असम्भवलाई सम्भव बनाइएकामा प्रशंसा गरेका छन् । सेभेन समिटका अनुसार ३४ वर्षयताको हिउँदयाममा केटू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू केटू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

यसै सिजनमा नेपालीसँगै आरोहण अभ्यासका लागि त्यहाँ रहेका स्पेनिस पर्वतारोही सेर्गी मिनगोटको शनिबार निधन भएको छ । पहिलो शिविरबाट आधारशिविरमा फर्किंदै गर्दा उनको निधन भएको हो । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार स्पेनिस पर्वतारोही सेर्गी यसै कम्पनीबाट त्यहाँ पुगेका थिए । केटू आरोहणमा प्रत्येक चार जनामा एक जनाको मृत्यु हुने गरेको विगतका घटनाको तथ्यांक छ । कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x