मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
गत वर्ष पुस पहिलो साता ३७ सय मिटर हाराहारीको पाथीभरा क्षेत्र हिउँले ढपक्कै ढाक्यो । चिसोका कारण पाथीभरा दर्शन गर्न आउने भक्तजनको संख्यामा कमी त आयो नै, धेरै दिन यस क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्यो । ठीक उल्टो, यो वर्षको पुस पहिलो साता पाथीभरा क्षेत्रको जंगलमा भीषण डढेलो लाग्यो । पुस २४ मा आएर बल्ल डढेलो नियन्त्रणमा आएको छ ।
दुई सातासम्म जलेको जंगलभित्र तातोको राप अहिले पनि छ । वर्षौं पुराना खस्रु, धुपी, ठिंग्रे र गोब्रे सल्लाका रूख जलेर बनेको खरानी ताजै छ । अझै पानी र हिउँ पर्ने कुनै संकेत नभएकाले फेरि पनि डढेलो लाग्ने भयले स्थानीय त्रसित छन् । पुसमै भीषण डढेलो लागेपछि यस क्षेत्रमा बसोबास गर्ने स्थानीयसमेत अचम्मित भए । ‘यस्तो डढेलो हामीले कहिल्यै देखेका थिएनौं,’ पाथीभरा होटल व्यवसायी संघका अध्यक्ष इन्द्र भट्टराईले भने, ‘डढेलो नियन्त्रण गर्न दुई साताभन्दा बढी समय लाग्यो ।’ विगतका वर्षमा चिसो महिनामा यस क्षेत्रमा डढेलो लागेको धेरैलाई याद छैन ।
फुङलिङ नगरपालिका–११ फावाखोलाबाट सुरु भएको डढेलो पाथीभरा मन्दिरभन्दा दायाँतिरको जंगलभरि फैलिएको थियो । ‘डढेलो लागेको एक–दुई दिनभित्रै सुरक्षाकर्मीको सहयोग लिएर पूर्ण रूपमा निभायौं,’ ताप्लेजुङस्थित हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले भने, ‘भोलिपल्ट फेरि अर्को पाटोमा फैलिएछ, भीषण र भिरालो भागमा सल्किएकाले नियन्त्रण गर्नै नसकिने अवस्थामा थियो ।’ जिल्लामा रहेका सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको पहलकदमीले मात्र डढेलो नियन्त्रण असम्भव भएपछि झापाको चारआली, इलाम र पाँचथरबाट सेना बोलाइएको थियो । पुस २४ मा डढेलो नियन्त्रणमा आएपछि सुरक्षाकर्मीको टोली फर्किएको छ ।
डढेलो नियन्त्रणका लागि पर्याप्त तालिमप्राप्त जनशक्ति र उपकरण नभएकाले पाथीभरा क्षेत्रको डढेलो निभाउन धेरै समय लागेको हो । डढेलो नियन्त्रण गर्ने क्रममा २०६६ सालमा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । त्यो वर्ष डढेलोमा परेर देशभर ४९ जनाको ज्यान गएको थियो ।
फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बो सामुदायिक वन र श्रीजंघा गाउँपालिका–३ को सुनपाती सामुदायिक वनको करिब १०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय ताप्लेजुङले अनुमान गरेको छ । अधिकृत वीरेन्द्र साहसमेत हिउँ पर्ने मौसममा नियन्त्रण गर्नै नसकिने गरी डढेलो लागेकामा अचम्मित छन् । ‘वर्षौंदेखि सुकेर रहेका पातमा डढेलो लागेपछि उग्र रूप लिएको हो,’ उनले भने, ‘नियन्त्रण गर्नै नसकिने गरी यसपटक डढेलो देखिन थालेको छ तर पनि हामीसँग नियन्त्रणका लागि पर्याप्त उपकरण र बजेट छैन ।’
दुई साताभन्दा बढी लागेको डढेलोका कारण खस्रु र गोब्रे सल्लाका वर्षौं पुराना रूख धेरै जलेका छन् । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले हाब्रेको आहार मालिंगोसमेत जल्दा कति हाब्रे तितरबितर भए भनेर अनुमान गर्न नसकिएको बताए । डढेलो लागेको क्षेत्र हाब्रेको बासस्थलसमेत हो । डढेलो नियन्त्रण गर्न पाथीभरा क्षेत्रमा हेलिकप्टरसमेत प्रयोग गरिएको थियो । ‘यो वर्ष लामो समय खडेरी परेकाले पनि जिल्लाका धेरै भागमा चिसो मौसममै डढेलो देखिएको छ,’ डिभिजनल वन अधिकृत साहले भने, ‘बेलैमा सतर्क हुनुपर्ने भएको छ ।’
यसअघि जिल्लाकै सिदिङवा गाउँपालिका–७ सुरुमखिमको टोकटोके जंगलमा पनि मध्य मंसिरमा डढेलो लागेको थियो । एक सातासम्म धूवाँको मुस्लोले भरिएको जंगल सातापछि आफैं मत्थर भएको स्थानीयको भनाइ छ ।
पाथीभराजस्तै मुलुकका अन्य जिल्लाका उच्च हिमाली भागमा समेत यो वर्ष चिसो हुने समयमै डढेलोको प्रकोप बढेको छ । मनाङको नासों गाउँपालिकाको ताचैमा माइनस तापक्रम भएको वन क्षेत्रमा मंसिरदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । ३५ सय मिटर उचाइ क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेना खटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले व्यवस्थापन गर्ने वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोका कारण उक्त क्षेत्रमा आश्रित कस्तूरी, हिउँचितुवा, झारल, मृग र घोरललगायत वन्यजन्तुमा समेत क्षति पुगेको छ ।
डोल्पाको सदरमुकाम दुनै नजिक लागेको डढेलोसमेत नियन्त्रणमा आएको छैन । यसपटक कास्की, लमजुङ, रसुवा, सिन्धुपाल्चोकलगायत उच्च भागमा समेत मंसिरदेखि नै पटक–पटक डढेलो लागेको छ । केही स्थानमा नियन्त्रणमा आए पनि केही डढेलो फैलिरहेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मासमेत चिसो मौसममै उच्च भागमा डढेलो फैलिरहेकामा अचम्मित छन् ।
‘यो वर्ष विन्टर सिजनमै मुलुकका उच्च भागमा डढेलोको प्रकोप देखियो,’ शर्माले भने, ‘यो राम्रो संकेत होइन ।’ उनका अनुसार केही सातायता पूर्वी तथा पश्चिम भागका विभिन्न हिमाली जिल्लामा डढेलो लागिरहेको छ । बिहीबार पनि नेपालका १८ स्थानमा डढेलो लागेको शर्माले बताए । बैतडीमा २, बझाङ, बाजुरा, गोरखा र हुम्लामा १–१, डोल्पामा ४, जाजरकोट र पश्चिम रुकुममा ३–३ स्थानमा डढेलो लागिरहेको छ ।
ढोरपाटन सिकार आरक्ष र मनास्लु संरक्षण क्षेत्र आयोजना क्षेत्रमा केही दिनदेखि डढेलो लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यो वर्ष मुलुकका धेरैजसो भागमा अधिकतम तापक्रममा व्यापक वृद्धि भएको छ । ‘१ देखि ४ डिग्रीसम्म अधिकतम तापक्रम बढेको देखिन्छ,’ कँडेलले भनिन्, ‘यसकारण सर्वसाधारणले पुस महिनामै तातो (गर्मी) महसुस गरेका छन् ।’ गर्मीको सिजनमा सानो झिल्कोले समेत डढेलोको प्रकोप लिने सम्भावना हुन्छ । अहिले सुक्खा बढी भएको र हावासमेत चलिरहेकाले डढेलो फैलिएको विज्ञहरूको विश्लेषण छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँ र आनन्द गौतमले खबर लेखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...