कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद छिटो समाधान गर्न राजनीतिक र कूटनीतिक संयन्त्रलाई क्रियाशील गर्न दुवै मुलुक सहमत भएको मन्त्री ज्ञवालीले बताएका हुन्।


Advertisement

भारत भ्रमणबाट फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले सन् १९५० को सन्धिको पुनरवलोकन, ईपीजी प्रतिवेदन र बाँकी रहेको सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग गम्भीर र फलदायी छलफल भएको बताएका छन्।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए। भारतीय रक्षामन्त्रीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधानका लागि छलफल गरौं।’


Advertisement

भारतीय रक्षामन्त्री सिंहले सीमा समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने भनेको उनले पत्रकारलाई सुनाएका थिए।

सिंहसँगको भेटमा रक्षा सहयोगबारे समेत छलफल भएको मन्त्री ज्ञवालीको भनाइ थियो। आयोगको बैठकमा सीमा विवाद सुल्झाउन सन् २०१४ मा बनेको सचिवस्तरीय संयन्त्रलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्