×

NMB BANK
NIC ASIA

बुटवल–नारायणगढ खण्डमा सास्ती : साढे २ घण्टाको बाटो ८ घण्टामा पार गर्न मुस्किल !

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व-पश्चिम राजमार्गको मध्य भागमा पर्ने बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काममा भइरहेको ढिलासुस्तीले यात्रुहरू निकै सास्ती भोग्न बाध्य छन् ।

Muktinath Bank

साढे दुई घण्टामा पार गर्न सकिने यो खण्डमा अहिले गाडीलाई ८ घण्टासम्म लाग्दा यात्रुले सास्तीमाथि सास्ती खेप्नुपरिरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशकै सबैभन्दा व्यस्त राजमार्गको ११५ किलोमिटर सडकखण्ड पछिल्लो सात/आठ महिनायता धुलाम्मे र हिलाम्य छ, जसका कारण सार्वजनिक यातायातका सवारी साधन मात्र नभई आकस्मिक सेवा प्रवाह समेत प्रभावित भएको छ । 


Advertisment
Nabil box
Kumari

अझै बर्दघाट, दाउन्ने दुम्किबाससम्मको १५ किलोमिटर सडक पार गर्न अहिले सवारीसाधानलाई चार घण्टा लाग्ने गर्छ । उकालो/ओरालो सडकमा ठूलो गाडी भारतबाट आउने १२ चक्के मालबहाक ट्रक दैनिकजसो सडकमै बिगिँ्रदा गाडीले यही सडकमा रात बिताउनुपर्ने अवस्था छ । 

Vianet communication
Laxmi Bank

बर्दघाट–दाउन्ने खण्डमा त कालोपत्रेको नामनिशान छैन । ठूल्ठूला खाल्डो र धूलोले सडकमा दिउँसै अध्यारो जस्तो हुन्छ भने यात्रुहरू धुलोका कारण चिन्न सकिन्न । 

त्यति मात्र नभई सडकको दायाँबायाँका होटल व्यवसायी र पसले समेत धूलोबाट आजित भएका छन् । गएको वर्षायाममा दाउन्ने क्षेत्रमा धेरै ठाउँमा खसेको पहिरोले सडक बिगारेको थियो ।

पाँच वर्षसम्म नारायणगढ–मुग्लिङ सडक खण्डमा सास्ती भोग्दै आएका यात्रु र सवारी चालकले फेरि पाँच/सात वर्ष बुटवल–नारायणगढ सडक खण्डमा सास्तीको यात्रा शुरू भएको हो । यो अवस्था तत्काल सुधार हुने सम्भावना देखिँदैन । सडक मार्गमा सास्ती शुरू भएपछि यस क्षेत्रका यात्रुहरू सडकबाट भन्दा हवाइमार्ग हुँदै भैरहवा–काठमाडौं यात्रा गर्न थालेका छन् ।

धूलोले गर्दा ट्राफिक प्रहरी समेत ठाउँ–ठाउँमा बस्न नसक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । दैनिक रूपमा बर्दघाटपूर्व गैंडाकोटको थुम्सीसम्म दैनिकरूपमा गाडीको लामो जाम हुने गर्छ । 

बुटवल–काठमाडौं रूटमा चल्ने लु १ ख ९९८८ नम्बर गाडीका चालक राजन पाठकले बुटवलबाट नारायणगढ पुग्न ७ देखि ८ घण्टा लाग्ने बताए ।

‘गाडीमा यात्रु आधा पनि हुँदैनन् । गाडीको खर्च सडकका कारण दोब्बर बनेको छ’ पाठकले भने, ‘गाडीमा पट्टा नभाँचिएको दिन नै हुँदैन । गाडी चलाउन सक्ने अवस्थै छैन । कोरोनाले ६ महिना थन्किएका गाडी अहिले फेरि सडकले झनै बिगारिदियो ।’ 

यो रूटमा दैनिक ७ देखि ८ हजार सवारीसाधान ओहोर/दोहोर गर्छन् । बेलहिया नाका हुँदै भारतबाट काठमाडौं जाने गाडीहरूले पनि यही सडक प्रयोग गर्छन् ।  बिग्रिएको सडक मर्मतको काम सडक निर्माण कम्पनीको हुन्छ, तर त्यसपछि ठेकेदार कम्पनीले चासो दिएकै छैन । 

भैरहवा विमानस्थलका प्रमुख टेकराज पोखरेलले तिहारपछि भैरहवा काठमाडौंको उडानमा यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको बताए ।‘यात्रुको संख्या बढेको छ ।

दैनिक ५ वटासम्म हुने उडान पछिल्ला दिनमा १० वटासम्म भएका छन् ।  एक/दुई दिनयता बाक्लो हुस्सु र शितलहरले उडानहरू केही प्रभावित बनेका छन् ।’ 

२०७५ चैतमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नतिको शिलन्यास गरे पनि एक वर्षसम्म निर्माण शुरू हुनै सकेन । आयोजनाको काम अहिले कछुवा गतिमा अगाडि बढेको छ । तीन वर्षमा सक्ने गरी शिलन्यास गरिएको आयोजनाको काम अहिलेसम्म जम्मा ७ प्रतिशत मात्र भएको छ । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवलबाट भारतको दिल्ली पुगेको गाडीभन्दा नारायगढ पुगेको गाडीको बढी मर्मत गर्नुपर्ने अवस्था हुने गरेको बताए ।

‘सम्बन्धित निकायलाई पटक–पटक कम्तीमा खाल्डाखुल्डी पुरिदिनुपर्‍यो भन्यौं’ खरेलले भने, ‘कतैबाट सुनुवाइ हुँदैन । एक पटक ‘मेन्टिेनेन्स’ गरेको गाडी एक वर्षसम्म चल्थे । अहिले एकपटक काठमाडौं पुगेर आए भने ग्यारेजमा नपठाई हुँदैन,’ खरेलले थपे, ‘कि सडक निर्माण आयोजनाले खाल्डाखुल्डी पुरिदिनुपर्‍यो, कि उप्काइदिनुपर्‍यो, होइन भने सवारीसाधान कामै लाग्दैनन् ।’ 

सामान लिनका लागि महिनाको एकपटक गाडीबाट काठमाडौं जाने किशोर अधिकारी अहिले यही सडकका कारण हवाइजहाजमार्फत जान्छन् । ‘कहाँ जाममा परिने हो, पत्तै हुँदैन । स्तरीय गाडीको भाडा र हवाई भाडा उस्तैउस्तै पर्छ । त्यही भएर म त अहिले जहाजबाट काठमाडौं–बुटवल ओहोरदोहोर गर्छु,’ अधिकारीले भने । 

यात्रु सुरेश लम्साललाई हेटौँडाबाट बुटवल आउन शुक्रवार १२ घण्टा लाग्यो । बिहानै हिँडेका उनी बेलुका ८ बजेमात्र बुटवल आइपुगे । ‘नारायणी पुल तरेपछि जाम र झण्झटले बुटवल आउन मात्रै ७ घण्टाभन्दा बढी समय लाग्यो । अब सडक निर्माण गर्दा यात्रुबाहक गाडी चल्ने वैकल्पिक मार्गको जरुरी देखियो,’ उनले लोकान्तरसँग भने ।

नारायगढ–बुटवल सडक आयोजनाका इञ्जिनीयर प्रदीपराज शाक्यले ठेकेदारले काम नगर्दा गाडी र यात्रुले ठूलो सास्ती खेप्नु परेको बताए । 

‘बन्दै गरेको सडक बिग्रिएमा, धूलो भएको ठाउँमा पानी हाल्ने काम ठेकेदारको हो,’ शाक्यले भने, ‘हामीले दैनिकरूपमा मर्मत गर्नुपर्‍यो, पानी हाल्नुपर्‍यो भन्छौ‌ं, सुन्दै सुन्दैनन् । काम पनि निकै सुस्त छ ।’ 

उनले थपे, ‘सडक साँघुरो हुँदा धेरै गाडी जाम हुने र बाटो बिग्रिँदा दैनिक रूपमा गाडी बिग्रिने समस्या धेरै देखिएको छ । १० किलोमिटरमा धूलो रोक्न पानी हाल्नुपर्‍यो भन्दा १ किलोमिटरमा पनि ठेकेदारले पानी हाल्दैनन् ।’ 

अहिले दाउन्ने पश्चिमतर्फ २० वटा ‘माइनर ब्रिज’ बनाउन काम थालिएको छ । त्यस्तै सडकमा पर्ने रूख काट्ने काम पनि सुस्त गतिमा अगाडि बढेको छ ।

राजा महेन्द्रले २०२० निर्माण गरेको दुई लेनको यो सडक जंगलमा चार र बस्तीमा ६ लेनमा ५० वर्षपछि विस्तार हुँदैछ ।

सडक स्तरोन्नति गर्ने गरी २०७५ सालमै चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता लिएर काम धिमा गतिमा अगाडि बढाएको छ । 

सडक विस्तार गर्ने काममा भएको ढिलाइले यो सडक खण्डमा दुर्घटनाको जोखिम बढाएको छ ।

अझै दुम्कीबास र बर्दघाट क्षेत्रमा पहिरोको जोखिम समेत रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x