प्रधानमन्त्रीको लहडका भरमा संसद् विघटन गरियो, यसलाई बदर गरियोस्– अधिवक्ता भट्ट

फाइल फोटो

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गर्दै अधिवक्ता बद्रिराज भट्टले मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग गरेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता भट्टले प्रधानमन्त्रीको लहडका भरमा प्रतिनिधि सभा विघटन गरिएको आरोप लगाए ।


Advertisement

 

२०४७ सालको संविधानले जस्तो अहिलेको संविधानले संसद्‍ विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको जिकिर छ ।


Advertisement

'लहडमा आएर संसद् विघटन गरिएको छ । ४७ सालको संविधानले जस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार दिएको छैन,' अधिवक्ता भट्टले भने ।

उनले आफू जनता पनि भएकाले देशको र संविधानको माया लागेको बताए ।

'म पनि जनता हो, मलाई देशको माया छ । संविधानको माया छ । त्यसैले संसद् विघटन बदर गरेर देशलाई संविधानबमोजिम अघि बढाउन अनुरोध गर्न चाहन्छु,' उनले भने ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्