परदेशी २ : विदेशका काम भिएफएक्सबाटै

नारायण रायमाझीको टिम निर्माणाधिन चलचित्र ‘परदेशी २’को छायांकन सकाउने अन्तिम तयारीमा छ ।

चलचित्रको केहि गीत र विदेशमा खिच्नु पर्ने दृश्य मात्रै बाँकी रहेको निर्माण टिमको भनाइ छ ।


Advertisement

तर, यो चलचित्र विदेशमा नखिचेरै सकाउने निर्माण टिमले तयारी थालेको स्रोतले बताएको छ ।

पत्रकार सम्मेलनमा अमेरिका लगायत केहि देशमा चलचित्रका महत्वपुर्ण सिन खिच्ने भनिएको थियो ।


Advertisement

तर चलचित्र निकट एक स्रोत भन्छ, ‘अमेरिकामा खिच्ने भनिएको सिन नेपालमै भिएफएक्समार्फत गर्ने निर्णय गरिको छ । तर,  बाहिर चाहीं अझै अमेरिकामा खिच्ने भनिएको छ । अमेरिकामा बर्षा सिवाकोटीको मात्रै सिन छ । तर, बर्षा अमेरिका भएका बेला नखिच्ने, अहिले अमेरिकामा खिच्न जाने जुन हल्ला छ त्यो गलत हो ।’

निर्देशक, क्यामेराम्यान र थोरै कलाकारको टिम गएर अमेरिकामा खिच्न सकिने भएपनि त्यसतर्फ नसोचिएको उक्त चलचित्रका एक सदस्यले बताए ।

प्रकाश सपुत, बर्षा सिवाकोटी र केकी अधिकारी अभिनित चलचित्रमा दीलिप रायमाझी र प्रशान्त तामाङको विशेष भुमिका देख्न सकिन्छ ।

परदेशी २ मा नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत कलाकारको अभिनय पनि छ । निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेको चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् ।

‘परदेशी २’ सुपरहिट चलचित्र ‘परदेशी’को सिक्वेल हो । यो चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्