×

NMB BANK
NIC ASIA

निर्वाचन आयोगले गर्यो ११ राजनीतिक दलहरूसँग छलफल, निर्वाचनका लागि सक्रिय भूमिका खेल्न आग्रह

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य चुस्त र दुरूस्त रूपमा सम्पन्न गर्न सक्रिय भूमिका खेल्न राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

Muktinath Bank

आयोगले आइतवार राजनीतिक दलहरूसँग छलफल गर्दै मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा केन्द्र निर्धारण सम्बन्धी कार्यमा सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको आयोगका प्रवक्ता एवम् सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले २०७८ साल वैशाख १७ गते र २७ गते दुई चरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा भएको सन्दर्भमा आयोगबाट सम्पादन हुँदै गरिएका तयारीका कार्यक्रम तथा क्रियाकलापहरूबारे अवगत गराएका थिए ।


Advertisment
Nabil box
Kumari

साथै मतदाता नामावली दर्ता कार्यक्रम ७७ जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएकोमा निर्वाचनको मिति घोषणा पश्चात् कानूनी व्यवस्था वमोजिम उक्त कार्य स्थगन गरिएको समेत जानकारी दिएका थिए ।  

Vianet communication
Laxmi Bank

निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल निर्धारण कार्यविधि, २०७७, निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ र निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, २०७७ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आइसकेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सामाजिक सञ्जाल व्यवस्थापन नीति, निर्वाचन आचारसंहिता, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका कार्यहरू अन्तिम चरणमा रहेको तथा निर्वाचन व्यवस्थापनका सबै कार्यहरू व्यवस्थित र योजनाबद्धरूपमा भइरहेको समेत बताएका थिए ।

बैठकमा ११ वटा राजनीतिक दलका प्रमुख एवम् निर्वाचन प्रतिनिधिका साथै आयोगका आयुक्तहरू, सचिव, सहसचिव लगायत उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x