विगत २० वर्षदेखि घरायसी तथा व्यावसायिक जीम उपकरणका लागि एकमात्र नाम रहँदै आएको फिटनेश च्वाइसको आज सीतापाईला चोकमा नयाँ शो रुमको उद्घाटन भएको छ ।
उक्त शो रुमको उद्घाटन नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतका साथै दशौं विश्व बडिबिल्डिङ च्याम्पियन (७५ केजी समूह) उपाधि विजेता तथा यस कम्पनीका ब्राण्ड एम्बास्साडर महेश महर्जनले संयुक्त रुपमा गरे ।
कम्पनीका एक अधिकारीले अमेरिका, बेलायत, चाइना तथा ताइवान लगायत विभिन्न मुलुकबाट आयातित घरायसी तथा व्यावसायिक जीमसम्बन्धी सम्पूर्ण उपकरण यस नयाँ शोरुमबाट उपलब्ध हुने जानकारी दिएे ।
लोकान्तर संवाददाता