पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकाले जिते

सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको उपाधि उचालेका छन् ।

सेमिफाईनलमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपिएफका दिपेश धामीमाथी २१।१८, २१।१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् ।


Advertisement

गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधी उचालिन् । १८।२१, २१।१५, २२।२० का साथ उपाधीमाथी कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो । यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिइन् ।

बिजेताले ५० हजार र उपबिजेताले २५ हजार तथा मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्